यहूदा 1:17-19
यहूदा 1:17-19 पवित्र बाइबल (NERV)
प्रिय मित्रहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर। प्रेरितले तिमीहरूलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरू हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरूले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरू गर्नेछन्।” यी मानिसहरू तिनीहरूका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरूको आत्मा हुँदैन।
यहूदा 1:17-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर प्रियहरू, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले अघि नै भनेका कुराहरूलाई नबिर्स। तिनीहरूले भनेका थिए, आखिरी समयमा ठट्टा गर्नेहरू हुनेछन्। उनीहरू परमेश्वर नमानी आफ्नै इच्छाहरूमा लाग्छन्। तिमीहरूलाई फाटोमा ल्याउने मानिसहरू यी नै हुन्। तिनीहरू संसारकै विचारमा रहन्छन्, तर तिनीहरूमा पवित्र आत्मा हुनुहुन्न।
यहूदा 1:17-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्झ। तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्नै भक्तिहीन वासनाको पछि लागेर गिल्ला गर्नेहरू हुनेछन्।” फूट ल्याउनेहरू, सांसारिक मानिसहरू र पवित्र आत्मा नभएका मानिसहरू यिनै हुन्।
यहूदा 1:17-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर प्रिय मित्रहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले पहिलेबाट नै के भनेका छन्, सो सम्झना गर। तिनीहरूले तिमीहरूलाई भने, “अन्तिम समयहरूमा आफ्नै इच्छाहरूको पछि लाग्ने ईश्वरहीन निन्दकहरू हुनेछन्।” यिनीहरू त्यस्ता मानिसहरू हुन्, जसले तिमीहरूमा विभाजन ल्याउँछन्, जससित परमेश्वरको आत्मा नभएका, तर सहज बुद्धिको पछि लाग्नेहरू हुन्।