यहोशू 2:23-24
यहोशू 2:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब ती दुवै जना फर्केर पहाड़बाट ओर्ले, र पारिपट्टि नूनका छोरा यहोशूकहाँ आए, र तिनीहरूलाई परिआएका सबै कुरा सविस्तार सुनाए। तिनीहरूले यहोशूलाई भने, “साँच्ची नै परमप्रभुले त्यो सम्पूर्ण देश हाम्रा हातमा दिनुभएको छ। हाम्रो कारणले गर्दा त्यहाँका नागरिकहरूका बीचमा आतङ्क फैलिएको छ।”
यहोशू 2:23-24 पवित्र बाइबल (NERV)
त्यसपछि ती दुइ मानिस फर्केर यहोशू कहाँ गए। ती मानिसहरूले पहाड़ छोडे अनि नदी पार गरे। तिनीहरू नूनका छोरा यहोशू कहाँ गए। तिनीहरूले थाहा पाएका प्रत्येक कुराहरू यहोशूलाई भने। तिनीहरूले यहोशूलाई भने, “परमप्रभुले साँच्चै नै सम्पूर्ण देश हामीलाई दिनु भएको छ। त्यस देशका समस्त मानिसहरू हामीसित भयभीत छन्।”
यहोशू 2:23-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब ती दुई जासूस डाँडाबाट उत्रे र नदी तरी यहोशूकहाँ फर्की गए। जे-जे भएको थियो, ती सबै तिनीहरूले यहोशूलाई सुनाए। तिनीहरूले भने, “त्यो सारा देश परमप्रभुले हामीलाई दिनुभएको छ भनी हामीले पक्का जान्यौं। त्यहाँका सबै मानिसहरू हामीसित औधी डराएका छन्।”