यहोशू 2:1-4
यहोशू 2:1-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्य तवरले पठाएर भने, “त्यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्याको घरमा आइपुगे, र त्यहीँ वास बसे। अनि कसैले यरीहोका राजालाई यसो भनिदियो, “हेर्नुहोस्, इस्राएली जातिका मानिसहरू यस देशको भेद लिनलाई आज राती यतातिर आएका छन्।” यसर्थ यरीहोका राजाले राहाबकहाँ हुकुम पठाए, “तँकहाँ आएर तेरो घरमा पस्ने मान्छेहरूलाई निकाली ले, किनकि सारा देशको भेद लिनलाई तिनीहरू आएका छन्।” तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई। त्यसले भनी, “हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन।
यहोशू 2:1-4 पवित्र बाइबल (NERV)
नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।” यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे। कसैले यरीहोका राजालाई भने, “हिजो राती केही मानिसहरू इस्राएलबाट हाम्रो देशको कमजोरी जान्नलाई आएका छन्।” यसकारण यरीहोका राजाले राहाबलाई यो सन्देश पठाए, “तिम्रो घरमा बस्ने मानिसहरूलाई हामी कहाँ ल्याऊ। तिनीहरू हाम्रो देशको भेद लिन आएका हुन्।” स्त्रीले दुइ मानिसहरूलाई लुकाई र भनी, “हो दुइ मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए।
यहोशू 2:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि यहोशूले शित्तीमको छाउनीबाट दुई जना जासूसलाई कनान देश गएर विशेषगरी यरीहो सहरको गुप्तमा जाँचबुझ गरी आउन पठाए। तिनीहरू त्यस सहरमा गए र एउटी राहाब नाम गरेकी वेश्याको घरमा राती बास बसे। यरीहोका राजाले केही इस्राएलीहरू देशको भेद लिनलाई त्यस रात आएका थिए भनी सुने र राहाबलाई यस्तो खबर पठाए, “तेरो घरमा भएका मानिसहरू सारा देशको भेद लिनलाई आएका हुन्। तिनीहरूलाई लिएर आइज!” त्यसले उत्तर दिई, “कोही मानिसहरू मेरो घरमा आए तर तिनीहरू कहाँबाट आएका थिए, त्यो म जान्दिनँ। घाम डुब्दा सहरका मूल-ढोका बन्द हुनुअघि तिनीहरू गइहाले। तिनीहरू कता गए, मैले सोधिनँ, तर झट्टै पछ्याएमा तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।” (राहाबले दुई जासूसलाई घरका कौसीमा लगी त्यहाँ राखेका सनपाटका डाँठहरूका बीचमा लुकाएकी थिई।)