यहोशू 10:12-13
यहोशू 10:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले एमोरीहरूलाई इस्राएलीहरूका हातमा सुम्पनुभएको दिनमा यहोशूले परमप्रभुसँग इस्राएलीहरूको उपस्थितिमा भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँचाहिँ अय्यालोनको बेँसीमाथि अड़िरह।” जाति शत्रुमाथि प्रतिशोध नलिउञ्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको उल्लेख याशारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अड़िरह्यो, र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन।

यहोशू 10:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले एमोरीहरूलाई इस्राएलको हातमा दिनुभएको त्यस दिन यहोशूले इस्राएलको उपस्थितिमा याहवेहलाई भने: “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्रमा, तँ अय्यालोनको बेँसीमाथि अडेर बस्।” यसकारण इस्राएलले आफ्ना शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडिरह्यो। अनि चन्द्रमा थामियो। यो कुरा याशारको पुस्तकमा लेखिएको छ। आकाशको बीचमा सूर्य अडिरह्यो। अनि सूर्य अस्ताउनलाई लगभग एक दिन नै ढिलो गर्यो।
यहोशू 10:12-13 पवित्र बाइबल (NERV)
त्यसदिन परमप्रभुले इस्राएलीले एमोरी मानिसहरूलाई परास्त गर्न दिनुभयो। अनि त्यसदिन यहोशू इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिए र परमप्रभुलाई भनेः “हे सूर्य, गिबोन माथि स्थिर बस्। चन्द्रमा, अय्ययालोन-बेंसीमाथि स्थिर बस्।” यसर्थ सूर्य स्थिर रह्यो अनि मानिसहरूले आफ्ना शत्रुहरूलाई परास्त नगरेसम्म रोकियो। यो कुरोको उल्लेख याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको माझमा रोकियो। यो एक दिन पूरा अचल रह्यो।
यहोशू 10:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले इस्राएलीहरूलाई एमोरीहरूमाथि विजय दिनुभएको दिन यहोशूले परमप्रभुसित कुरा गरे। इस्राएलीहरूको सामु उनले भने, “हे सूर्य, तँ गिबोनमाथि, र हे चन्द्र, तँ अय्यालोन बेसीमाथि, अडेर बस्!” इस्राएली जातिले आफ्ना शत्रुलाई विजय नगरेसम्म सूर्य अडिरह्यो अनि चन्द्र रोकियो। यो याशारको पुस्तकमा लेखिएको छ। सूर्य आकाशको बीचमा अडिबस्यो र एक दिनभरि अस्ताएन।