यूहन्ना 9:18-41
यूहन्ना 9:18-41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दृष्टि पाउने मानिसका आमा-बाबुलाई बोलाएर नसोधुञ्जेल यहूदीहरूले त्यो अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेनन्। तब तिनीहरूले उनीहरूलाई सोधे, “के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मेको थियो भनी तिमीहरू भन्छौ? त अब कसरी त्यो देख्न सक्ने भयो?” त्यसका आमा-बुबाले तिनीहरूलाई भने, “हामी जान्दछौ यो हाम्रो छोरो हो, र अन्धो जन्मेको थियो। तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौं, अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौं। यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्। आफ्नो विषयमा त्यो आफै बोल्नेछ।” त्यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्ट भनी स्वीकार गर्यो भने, त्यसलाई सभाघरबाट निकाल्नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए। यसैकारण त्यसका आमा-बुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।” तब तिनीहरूले त्यस अन्धो मानिसलाई दोस्रो पल्ट बोलाएर भने, “परमेश्वरलाई महिमा दे। हामी जान्दछौं यो मान्छे पापी हो।” त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, म जान्दिनँ। एउटै कुरा मात्र म जान्दछु कि म अन्धो थिएँ, तर अब देख्दछु।” तब तिनीहरूले त्यसलाई भने, “उसले तँलाई के गर्यो? उसले तेरा आँखा कसरी खोलिदियो?” त्यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्छ कि कसो?” तिनीहरूले त्यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं। हामीलाई थाहा छ मोशासँग परमेश्वरले बोल्नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।” त्यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्यो, “कस्तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्नुहुन्न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो। हामी जान्दछौ कि परमेश्वर पापीहरूका कुरा सुन्नुहुन्न, तर परमेश्वरको भय मान्ने र उहाँको इच्छा पालन गर्ने व्यक्तिको कुरा परमेश्वरले सुन्नुहुन्छ। संसार सुरु भएदेखि यसो जन्मैको अन्धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्यै सुनिएन। यदि यी मानिस परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।” तिनीहरूले त्यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्छस्?” अनि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए। तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो, र त्यसलाई भेट्टाएर भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ?” त्यसले जवाफ दिई भन्यो, “प्रभु, उहाँ को हुनुहुन्छ? म उहाँमाथि विश्वास गर्नेछु?” येशूले त्यसलाई भन्नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्ने उही नै हो।” तब त्यसले भन्यो, “प्रभु, म विश्वास गर्दछु”, र त्यसले उहाँलाई दण्डवत् गर्यो। अनि येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, कि नदेख्नेहरूले देखून् र देख्नेहरूचाहिँ अन्धा होऊन्।” यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्धा हौं त?” येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अन्धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्छौं’ भन्दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्छ।”
यूहन्ना 9:18-41 नेपाली समकालीन संस्करण (NCV)
त्यसका आमाबुबालाई बोलाएर नसोधेसम्म त्यो मानिस दृष्टिविहीन थियो, र त्यसले दृष्टि पाएको हो भनी यहूदी अगुवाहरूले अझै पनि विश्वास गरेनन्। तिनीहरूले त्यसका आमाबुबालाई सोधे, “के यो तिमीहरूको छोरो हो? तिमीहरूले दृष्टिविहीन जन्मेको भनेको यसैलाई हो? यो अहिले कसरी देख्नसक्ने भयो त?” त्यसका आमाबुबाले जवाफ दिए, “यो हाम्रै छोरो हो, र यो दृष्टिविहीन नै जन्मेको थियो भनेर हामी जान्दछौं। तर अहिले यसले कसरी देख्नसक्छ, अथवा कसले यसका आँखा खोलिदियो, सो हामी जान्दैनौं। यसैलाई सोध्नुहोस्। यसको उमेर पुगेको छ, आफ्नो विषयमा यो आफै बोल्न सक्छ।” यहूदी अगुवाहरूसँग डराएका हुनाले त्यसका आमाबुबाले यसो भनेका थिए, किनकि यहूदी अगुवाहरूले यदि कसैले येशूलाई उहाँ ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकालिनेछ भनी अघिबाटै निर्णय गरिसकेका थिए। त्यसैले त्यसका आमाबुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्।” तिनीहरूले पहिले दृष्टिविहीन भएको त्यस मानिसलाई फेरि दोस्रोपल्ट बोलाएर भने, “परमेश्वरलाई महिमा दे, हामी जान्दछौं, यो मानिस पापी हो।” त्यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्छ वा हुनुहुन्न, त्यो म जान्दिनँ। तर एउटा कुरा म जान्दछु। म दृष्टिविहीन थिएँ, तर अब देख्नसक्ने भएको छु!” तब तिनीहरूले त्यसलाई सोधे, “उसले तँलाई के गर्यो? उसले कसरी तेरा आँखा खोलिदियो?” उसले भन्यो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्नुभएन। अब फेरि किन सुन्न चाहनुहुन्छ? के तपाईंहरू पनि उहाँका चेला बन्न चाहनुहुन्छ?” तब तिनीहरूले त्यसलाई निन्दा गर्दै भने, “तँ पो उसको चेलो होस्! हामी ता मोशाका चेला हौं! परमेश्वर मोशासँग बोल्नुभएको कुरा हामीलाई थाहा छ, तर यस मानिसको विषयमा ता यो कहाँबाट आएको हो भन्ने कुरासमेत हामी जान्दैनौं।” त्यस मानिसले भन्यो, “कस्तो अचम्मको कुरो! तपाईंहरूले उहाँ कहाँबाट आउनुभएको हो भनेर पनि जान्नुहुन्न, तापनि उहाँले मेरा आँखा खोलिदिनुभयो। हामी जान्दछौं, परमेश्वरले पापीहरूका कुरा सुन्नुहुन्न, तर उहाँले परमेश्वरका भक्त र उहाँको इच्छा पालन गर्ने मानिसका कुरा सुन्नुहुन्छ। आजसम्म कसैले जन्मैको दृष्टिविहीनको आँखा खोलिदिएको कुरा कहिल्यै सुनिएको छैन। यदि उहाँ परमेश्वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्नुहुने थिएन।” यस कुरामा तिनीहरूले त्यसलाई यसरी जवाफ दिए, “तँ ता बिलकुलै पापमा जन्मिएको होस्, र पनि अब के हामीलाई सिकाउन खोज्छस्?” त्यसपछि तिनीहरूले त्यसलाई बाहिर निकालिदिए। तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भनी येशूले सुन्नुभयो; र त्यसलाई भेट्टाएपछि भन्नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?” त्यस मानिसले सोध्यो, “हजुर, उहाँ को हुनुहुन्छ? मलाई भनिदिनुहोस् र म उहाँमाथि विश्वास गर्नेछु।” येशूले भन्नुभयो, “तिमीले अब उसलाई देखेका छौ, वास्तवमा तिमीसँग बोलिरहेको म उही नै हुँ।” तब त्यस मानिसले भन्यो, “प्रभु, म विश्वास गर्दछु,” अनि त्यसले उहाँलाई दण्डवत् गर्यो। येशूले भन्नुभयो, “म न्यायको लागि यस संसारमा आएँ, ताकि दृष्टिविहीनहरूले देखून् र जसले देख्छन्, तिनीहरू दृष्टिविहीन होऊन्।” उहाँसँगै हुने कोही-कोही फरिसीहरूले उहाँले यसो भन्नुभएको सुनेर सोधे, “के भन्यौ? के हामी पनि दृष्टिविहीन हौं?” येशूले भन्नुभयो, “यदि तिमीहरू दृष्टिविहीन भएका भएता तिमीहरू पापको दोषी हुने थिएनौ, तर तिमीहरूले हामी देख्छौं भनी दाबी गरेका कारण तिमीहरूको दोष रहिरहन्छ।
यूहन्ना 9:18-41 पवित्र बाइबल (NERV)
यहूदीहरूले त्यस मानिस त्यसरी निको भएको घट्नामा विश्वास गरेनन्। तिनीहरूले त्यो मान्छे पहिले अन्धा र पछि निको भएको विश्वासै गरेनन्। यसर्थ तिनीहरूले उसको आमा बाबुलाई बोलाए। अनि यहूदीहरूले त्यसको आमा बाबुलाई सोधे, “यो तिमीहरूको छोरो हो? तिमीहरू भन यो जन्मै अन्धो थियो। तब अहिले उसले कसरी देख्न सक्यो?” त्यसको आमा-बाबुले उत्तर दिए, “हामी जान्दछौ यो मेरो छोरो हो। अनि हामी जान्दछौ यो जन्मन्दै अन्धो थियो। तर अहिले उसले कसरी देख्न सक्छ हामी जान्दैनौं। अनि हामी जान्दैनौं कसले उसलाई दृष्टि दियो। उसैलाई सोध्नुहोस्। ऊ अहिले ठूलो भएको छ अनि आफ्नो विषयमा उत्तर आफैंले दिने छ।” उनको आमा-बाबुले यहूदी अगुवाहरूको डरले गर्दा त्यसो भनेको हुन्। यहूदी अगुवाहरूले पहिल्यै निर्णय लिइसकेका थिए कि ज-जसले येशूलाई ख्रीष्ट भन्छन् तिनीहरू दण्डित हुनेछन्। अनि ती मानिसहरूलाई सभा-घरबाट निकलिदिनेछन्। यसैकारणले गर्दा उसको आमा-बाबुले भने, “ऊ ठूलो भएकोछ उसैलाई सोघ्नु होस्।” तब यहूदी अगुवाहरूले त्यस मानिस जो पहिला अन्धो थियो फेरि दोस्रोपल्ट बोलाएर भने, “तिमीलाई परमेश्वरको महिमा राख्न सत्य बोल्नु पर्छ। हामी जान्दछौ कि यो मानिस पापी हो।” त्यस मानिसले उत्तर दियो, “उहाँ पापी हुन भनेर म जान्दिन। तर म यति मात्र जान्दछुः म अन्धो थिएँ र अहिले देख्न सक्ने भएँ।” यहूदीहरूले सोधे, “उसले के गर्यो? तिम्रो आँखा कसरी निको पार्यो?” त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?” यहूदी अगुवाहरू एकदम रीसले चूर भए अनि त्यस मानिसलाई अप-शब्दद्वारा गाली गरे। तब तिनीहरूले भने, “तिमी त्यस मानिसको चेला हौ। हामी मोशाका चेलाहरू हौं। हामी जान्दछौं कि परमेश्वर मोशासँग बोल्नु भयो। तर हामी त्यस मानिसको विषयमा चाहिँ एकदमै जान्दैनौं, ऊ कहाँबाट आएको हो।” त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्मको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो। हामी सबै जान्दछौं कि परमेश्वरले पापीहरूको कुरा सुन्नु हुन्न। तर परमेश्वरले चाहे जस्तै गर्नु हुन्छ। यस्तो कहिल्यै पनि सुनिएको थिएन कि कसैले एक जन्मेको अन्धा मानिसलाई दृष्टि दियो। त्यो मान्छे परमेश्वरबाटै आएको हुनपर्छ। यदि उनी परमेश्वरबाट नआएको भए उसले यस्तो कुनै कुरा गर्नसक्ने थिएनन्।” यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पापैपापले भरिएर जन्मिएको रहेछौ। तिमीले हामीलाई सिकाउन खोज्छौं?” तिनीहरूले त्यस मानिसलाई घच्याडेर निकालिदिए। यहूदी अगुवाहरूले त्यस मानिसलाई निकालीदिएको येशूले चाल पाउनु भयो। येशूले त्यस मानिसलाई भेटेर भन्नुभयो, “तिमी मानिसको पुत्रमाथि विश्वास गर्छौ?” त्यस मानिसले सोध्यो, “प्रभु, मानिसको पुत्र को हुन्? मलाई बातउनु होस्, तब म उहाँमा विश्वास गर्न सक्छु।” येशूले त्यस मानिसलाई भन्नुभयो, “तिमीले उसलाई देखिसकेकाछौ। मानिसको पुत्र उही हुन् जो तिमीसँग अहिले बोलिरहेकोछ।” त्यस मानिसले भन्यो, “हो प्रभु, म विश्वास गर्छु।” त्यसपछि उसले येशूलाई दण्डवत् गर्यो। येशूले भन्नुभयो, “म यस संसारमा न्याय गर्न आएको हुँ। म त्यसकारण आएको हुँ कि अन्धा मानिसहरूले देख्न सकोस्। म त्यसकारणले आएको हुँ कि देख्न सक्नेहरू अन्धा होउन्।” कोही फरिसीहरू येशूको नजिकै थिए। तिनीहरूले येशूले त्यसो भन्नु भएको सुने। तिनीहरूले सोधे, “हामी पनि अन्धा छौं भनेर तिमी भनिरहेछौ?” येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अन्धा भएको भए तिमीहरू पापको दोषी हुने थिएनौं। तर अहिले तिमीहरूले देख्छु भन्यौ, यसकारण तिमीहरूको दोष रहिरहन्छ।”
यूहन्ना 9:18-41 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदी अगुवाहरूले ऊ साँच्चै अन्धा थियो र देख्न सक्ने भयो भन्ने कुरा पत्याएनन्। त्यसकारण तिनीहरूले उसका आमा-बुबालाई बोलाएर सोधे, “के यो तिमीहरूकै छोरा हो? के यो जन्मैदेखि अन्धा थियो? त्यसो भए यो कसरी देख्ने भयो त?” उसका आमा-बुबाले भने, “हो, यो हाम्रो छोरा हो र यो जन्मैदेखि अन्धो थियो।” तर यसले कसरी देख्न सक्ने भयो र कसले यसको आँखा निको पारिदियो, त्यो त हामीलाई थाहा छैन। तपाईंहरूले नै त्यसलाई सोध्नुहोस्, यसको उमेर पुगेको छ र यसले आफैं पनि भन्न सक्छ।” यहूदीहरूको डरले गर्दा तिनीहरूले यस्तो जवाफ दिए किनभने येशूलाई मुक्ति दिने राजा ख्रीष्ट ज-जसले भन्छन्, तिनीहरूलाई सभाघरबाट निकाल्ने मतो यहूदी अगुवाहरूले अघि नै गरिसकेका थिए। त्यसैले नै उसका आमा-बुबाले ‘ऊ उमेर पुगेको मान्छे हो, उसैलाई सोध्नुहोस्’ भनेर भने। यहूदी अगुवाहरूले त्यो अन्धोलाई फेरि बोलाए र उसलाई शपथ हाल्न लगाउँदै भने, “परमेश्वरको प्रशंसा गर। हामीलाई थाहा छ, त्यो मानिस पक्कै पापी हो।” उसले भन्यो, “उहाँ पापी हुनुहुन्छ कि हुनुहुन्न, त्यो त म जान्दिनँ! तर एउटै कुराचाहिँ म जान्दछु, म अन्धो थिएँ, तर अहिले देख्ने भएँ।” तिनीहरूले फेरि सोधे, “त्यसले तिमीलाई के गर्यो, कसरी त्यसले तिम्रो आँखा देख्ने गरायो?” उसले भन्यो, “मैले हजुरहरूलाई अघि नै भनिसकें, तर हजुरहरूले सुन्नुभएन। फेरि किन त्यही कुरा सोधिरहनुहुन्छ? के हजुरहरूको पनि उहाँका चेला हुने विचार छ कि कसो?” यो सुनेर तिनीहरूले उसला ई गाली गर्दै भने, “तँ पो त्यस मानिसको चेला होस्, हामी त मोशाका चेला हौं। मोशासँग त परमेश्वर बोल्नुभएको थियो, त्यो हामीलाई थाहा छ। तर त्योचाहिँ कहाँको मान्छे हो, यो त हामीलाई थाहा छैन।” तब उसले भन्यो, “यो कस्तो अचम्मको कुरा! उहाँले मेरो आँखा देख्ने बनाउनुभयो। उहाँ कहाँको मान्छे हुनुहुन्छ, हजुरहरूलाई थाहा छैन? परमेश्वरले पापीका कुरा सुन्नुहुन्न भन्ने हामी सबैलाई थाहा छ तर उहाँले आफूलाई आदर गर्ने र उहाँको इच्छाअनुसार काम गर्नेको मात्र कुरा सुन्नुहुन्छ। संसारको सुरुदेखि अहिलेसम्म जन्मैको अन्धोलाई कसैले निको पारेको कहिल्यै पनि सुनिएको छैन। यदि उहाँ परमेश्वरको मानिस नहुनुभएको भए उहाँले केही गर्न सक्नुहुनेथिएन।” “तँ पापमा जन्मेर पापैमा हुर्केको मान्छेले हामीलाई सिकाउन खोज्छस्?” भन्दै तिनीहरूले उसलाई सभाघरबाट निकाले। यहूदी अगुवाहरूले उसलाई निकालिदिए भन्ने कुरा येशूले सुन्नुभयो अनि येशूले उसलाई भेटेर भन्नुभयो, “के तिमी परमेश्वरले पठाउनुभएको मानव पुत्रमाथि विश्वास गर्छौ?” उसले भन्यो, “हजुर, उहाँ को हुनुहुन्छ मलाई भन्नुहोस् र म विश्वास गर्छु।” येशूले भन्नुभयो, “तिमीले उसलाई देखिसकेका छौ, उसले अहिले तिमीसँग कुरा गरिरहेको छ।” यो सुनेर उसले येशूको चरणमा पर्दै भन्यो, “प्रभु, म विश्वास गर्छु!” अनि येशूले भन्नुभयो, “नदेख्ने मानिसहरूले देख्न सकून् र देख्तछु भन्नेहरू नदेख्ने होऊन् भनेर म संसारमा न्याय गर्न आएको छु।” यो सुनेर त्यहाँ भएका केही फरिसीहरूले भने, “के हामीलाई पनि अन्धा भनेका हौ?” येशूले भन्नुभयो, “तिमीहरू अन्धा नै भएको भए दोषी हुने थिएनौ, तर तिमीहरूले हामी देख्छौं भनेर भन्छौ, त्यसैले तिमीहरू अझै दोषी छौ।”