यूहन्ना 6:56-58
यूहन्ना 6:56-58 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु। जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ। स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
यूहन्ना 6:56-58 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु। जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ। स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।”
यूहन्ना 6:56-58 पवित्र बाइबल (NERV)
जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ। “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ। म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।”
यूहन्ना 6:56-58 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो शरीर खाने र रगत पिउनेचाहिँ ममा रहन्छ र म उसमा रहन्छु। जिउँदो परमेश्वर पिताले मलाई पठाउनुभयो र उहाँद्वारा म जिउँदछु। त्यसै गरी मलाई खानेचाहिँ मद्वारा जिउनेछ। स्वर्गबाट आएको रोटी यही हो। यो तिमीहरूको पुर्खाहरूले खाएको रोटीजस्तो होइन। तिनीहरूले त्यो खाए अनि मरे। तर मैले दिने रोटी खाने मानिसचाहिँ अनन्त जीवन पाएर सधैँभरि जिउनेछ।”