यूहन्ना 6:5-7
यूहन्ना 6:5-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूको एउटा ठूलो भीड आफूतिर आइरहेको देखेर येशूले आफ्नो चेला फिलिपलाई सोध्नुभयो, “यी मानिसहरूलाई खुवाउन हामीले कहाँबाट रोटी किनेर ल्याउन सक्छौ?” यो कुरा येशूले फिलिपको मन जाँच्न सोध्नुभएको थियो। उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो कुरा उहाँलाई थाहा नै थियो। फिलिपले भने, “यहाँ भएका हरेक मानिसलाई अलि-अलि मात्रै रोटी दियौं भने पनि हामीलाई दुई सय चाँदीका सिक्काले पनि पुग्नेछैन।”
यूहन्ना 6:5-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?” उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!”
यूहन्ना 6:5-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले आफ्ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफूकहाँ आइरहेको देखेर फिलिपलाई भन्नुभयो, “यिनीहरूलाई खुवाउनका निम्ति हामीहरूले कहाँबाट रोटी किन्ने?” उहाँले तिनको जाँच गर्नलाई यो भन्नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्नुभएको थियो, सो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई जवाफ दिए, “प्रत्येकले अलि-अलि पाए तापनि दुई सय चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्नेछैन।”
यूहन्ना 6:5-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूले आँखा उठाएर हेर्नुभयो र एउटा ठूलो भीड आफूतिर आउँदैगरेको देखेर उहाँले फिलिपलाई भन्नुभयो, “यी मानिसहरूलाई खानका निम्ति हामीले रोटी कहाँबाट किनौँ?” उहाँले तिनलाई जाँच्नका लागि मात्र यो कुरा सोध्नुभएको थियो। किनकि उहाँले जे गर्न लाग्नुभएको थियो, त्यो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई भने, “दुई सय दिनारले प्रत्येकलाई एक-एक गाँस पुग्नेजति रोटी किन्न पनि पर्याप्त हुँदैन!”
यूहन्ना 6:5-7 पवित्र बाइबल (NERV)
येशूले आफ्नो नजर उठाउनु भयो अनि धेरै मानिसहरू उहाँकहाँ आइरहेको देख्नु भयो। येशूले फिलिपलाई भन्नुभयो, “हामीले तिनीहरूलाई खुवाउनको निम्ति रोटीहरू कहाँ किन्न सक्छौं?” येशूले यो प्रश्न फिलिपलाई जाँच्नलाई सोध्नु भएको थियो। उहाँलाई थाहा भइसकेको थियो कि उहाँले के गरिरहुनु भएको छ। फिलिपले उत्तर दिए, “यदी हामी सबैले महिनाभरि काम गर्यौ भने पनि प्रत्येकलाई एक एक टुक्रा रोटी दिने पैसा पुग्ने छैन।”