यूहन्ना 6:33-35
यूहन्ना 6:33-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।” तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।” येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन।
यूहन्ना 6:33-35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।” तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।” तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
यूहन्ना 6:33-35 पवित्र बाइबल (NERV)
परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।” मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैँ दिनुहोस्।” तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन।
यूहन्ना 6:33-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले दिने रोटीचाहिँ ऊ नै हो, जसले स्वर्गबाट आएर संसारलाई जीवन दिन्छ।” तिनीहरूले भने, “प्रभु, परमेश्वरको त्यो रोटी हामीलाई सधैँ दिनुहोस्!” येशूले तिनीहरूलाई भन्नुभयो, “अनन्त जीवन दिने रोटीचाहिँ म नै हुँ। मकहाँ आउने भोकाउनेछैन र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन।