यूहन्ना 6:25-59
यूहन्ना 6:25-59 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?” येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू चिन्हहरू देखेर होइन, तर अघाउञ्जेल रोटी खाएको कारणले मलाई खोज्दछौ। नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। किनभने परमेश्वर पिताले उसमाथि आफ्नो छाप लगाउनुभएको छ।” तिनीहरूले उहाँलाई भने, “परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर।” यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्ह देखाउनुहुन्छ, सो हामी हेरौं, र तपाईंलाई विश्वास गरौं? तपाईं के गर्नुहुन्छ? हाम्रा पिता-पुर्खाले उजाड़-स्थानमा मन्न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो’।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूलाई स्वर्गबाट रोटी दिने मोशा होइनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। किनभने परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट ओर्लिआउँछ, र संसारलाई जीवन दिन्छ।” तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।” येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनेकै छु, तिमीहरूले मलाई देखेका छौ, र पनि विश्वास गर्दैनौ। पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ। आफ्नो इच्छा पूरा गर्न म स्वर्गबाट ओर्लिआएको होइनँ, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। र मलाई पठाउनुहुनेको इच्छा यो हो, कि उहाँले मलाई दिनुभएकाहरूमध्ये कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ। किनभने मेरा पिताको इच्छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन प्राप्त गरोस्, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।” यहूदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।” तिनीहरूले भने, “के यो योसेफको छोरो, येशू होइन? यसका बुबा र आमालाई हामी चिन्दैनौं र? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्दछ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू आपसमा नगनगनाओ। मलाई पठाउनुहुने पिताले खिँच्नुभएन भने कोही मकहाँ आउन सक्दैन, र म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। ‘अनि ती सबै जना परमेश्वरद्वारा सिकाइनेछन्’ भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ। प्रत्येक जसले पिताबाट सुन्छ र सिक्छ त्यो मकहाँ आउँछ। पितालाई कुनै मानिसले देखेको छैन, केवल उसले मात्र देखेको छ जो परमेश्वरबाट आएको हो, उसैले पितालाई देखेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ। म जीवनको रोटी हुँ। तिमीहरूका पिता-पुर्खाहरूले उजाड-स्थानमा मन्न खाए तापनि तिनीहरू मरेर गए। स्वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्छ त्यो मर्नेछैन। स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्योचाहिँ मेरो देह हो।” तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्नो देह खान दिन सक्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन। मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु। किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो। मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु। जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ। स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।” उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्नुभएको हो।
यूहन्ना 6:25-59 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूले अलौकिक चिन्हहरू देखेर होइन, तर तिमीहरूले अघाउन्जेल रोटी खाएका हुनाले मलाई खोजिरहेका छौ। नष्ट हुने भोजनका निम्ति परिश्रम नगर। तर अनन्त जीवनसम्म रहिरहने भोजनको निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछ। परमेश्वर पिताले उसमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।” तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “परमेश्वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्वास गर।” यसकारण तिनीहरूले उहाँलाई सोधे, “तपाईंले के अलौकिक चिन्ह दिनुहुन्छ, ताकि हामीले त्यो देखेर तपाईंमाथि विश्वास गरौँ? तपाईं के गर्नुहुन्छ? हाम्रा पुर्खाहरूले उजाडस्थानमा मन्न खाए। धर्मशास्त्रमा लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानका लागि स्वर्गबाट रोटी दिनुभयो।’” येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिनुभयो, त्यो मोशा होइनन्; तर तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुने मेरा पिता हुनुहुन्छ। किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ।” तिनीहरूले भने, “हजुर, अबदेखि हामीलाई यही रोटी दिनुहोस्।” तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई अगि भनेझैँ, तिमीहरूले मलाई देखेका छौ, तर पनि मलाई विश्वास गर्दैनौ। पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्। मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ। किनकि मेरो इच्छा पूरा गर्नलाई म स्वर्गबाट ओर्लिआएको होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई आएको हुँ। मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका कसैलाई पनि मैले नगुमाऊँ; तर तिनीहरूलाई अन्त्यको दिनमा फेरि जीवित पारेर उठाऊँ। किनकि मेरा पिताको इच्छा यही छ—प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन प्राप्त गरोस्। अनि म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।” यस कुरामा यहूदीहरूले उहाँको विरुद्धमा गनगन गरे; किनकि उहाँले भन्नुभयो, “स्वर्गबाट ओर्लिआएको रोटी म नै हुँ।” तिनीहरूले भने, “के यो योसेफको छोरा येशू होइन र, जसका बुबा र आमालाई हामी चिन्दछौँ? अहिले यसले कसरी ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भनी भन्न सक्छ?” येशूले जवाफ दिनुभयो, “आपसमा गनगन गर्न बन्द गर। मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन। अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु। अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ: ‘तिनीहरू सबै परमेश्वरद्वारा सिकाइनेछन्।’ हरेक व्यक्ति, जसले पिताबाट सुन्छ र सिक्छ, त्यो मकहाँ आउँछ। परमेश्वरबाट आएको जनले बाहेक अरू कसैले पितालाई देखेको छैन। केवल उसैले मात्र पितालाई देखेको छ। म तिमीहरूलाई साँच्चै भन्दछु, जसले विश्वास गर्दछ, त्यससित अनन्त जीवन छ। जीवनको रोटी म नै हुँ। तिमीहरूका पुर्खाहरूले उजाडस्थानमा मन्न खाए, तापनि तिनीहरू मरेर गए। तर स्वर्गबाट तल ओर्लिआएको रोटी यही हो, जसलाई मानिसले खाओस् र नमरोस्। जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो म संसारको जीवनका निम्ति दिनेछु।” त्यसपछि यहूदीहरू आपसमा चर्को बहस गर्न थाले, “यस मानिसले कसरी हामीलाई आफ्नो मासु खान दिन सक्छ र?” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, जबसम्म तिमीहरूले मानिसको पुत्रको मासु खाँदैनौ र उसको रगत पिउँदैनौ, तबसम्म तिमीहरूमा जीवन हुँदैन। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु। किनकि मेरो मासु साँच्चै खानेकुरा र मेरो रगत साँच्चै पिउने कुरा हो। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु। जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ। स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।” उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्नुभएको हो।

यूहन्ना 6:25-59 पवित्र बाइबल (NERV)
मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?” उहाँले उत्तर दिनु भयो, “तिमीहरूले मलाई किन खोजिरहेछौ? के मेरो चमत्कारहरू जसले मेरो शक्तिको प्रमाण दिन्छ देखे पछि मलाई खोजिरहेकाछौ? अँहँ! म सत्य भन्छु, तिमीहरूले मलाई खोजेको कारण के हो भने तिमीहरूले रोटी खोयौ र पुरा अघायौ। जुन खाद्य नष्ट हुन्छ त्यसको निम्ति काम नगर तर जुन खाद्य नष्ट हुँदैन अनि अनन्त जीवन दिन्छ त्यसको निम्ति काम गर। मानिसको पुत्रले तिमीहरूलाई त्यस्तो खाद्य दिनु हुन्छ। पिताले देखाएका छन् कि उनी मानिसका पुत्र सँग छन्।” मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।” येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।” तब मानिसहरूले सोधे, “तपाईं परमेश्वरले पठाएको प्रमाण दिनलाई एक हो भन्ने के चमत्कार गर्नु सक्नु हुन्छ? यदि हामीले तपईंको चमत्कार देख्यौं भने तब तपाईमाथि विश्वास गर्नेछौं। तपाईं के गर्नु हुनेछ? मरूभूमिमा हाम्रा पिता पुर्खाहरूले मन्न खाए। यो धर्माशास्त्रमा लेखिएको छ, ‘परमेश्वरले स्वर्गबाट रोटी खानलाई दिनुभयो।’” येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँच्चो रोटी दिनुहुन्छ। परमेश्वरको रोटी के हो? परमेश्वरको रोटी भनेको त्यो चीज हो जुन स्वर्गबाट ओर्लेर संसारलाई जीवन दिनुहुन्छ।” मानिसहरूले भने, “प्रभु, त्यो रोटी हामीलाई सधैँ दिनुहोस्।” तब येशूले भन्नुभयो, “म त्यो रोटी हुँ जसले जीवन दिंदछ। जुन मानिस मेरोमा आउँदछ ऊ कहिल्यै भोको हुँदैन। जुन मानिसले ममाथि विश्वास गर्दछ ऊ कहिल्यै तिर्खाउँदैन। तर मैले तिमीहरूलाई भनिसकेको छु कि यद्यपि मलाई देखेकाछौ तापनि तिमीहरूले मलाई विश्वास गर्दैनौ। जुन मानिसहरू पिताले मलाई दिनुहुन्छ मकहाँ आउनेछन्। मकहाँ जो आँउछन् म कसैलाई पनि फर्काउने छुइन। परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन। मैले कसैलाई पनि गुमाउनु हुँदैन जुन परमेश्वरले मलाई दिनुभयो अनि अन्तिम दिनमा मैले तिनीहरूलाई जीवनमा उठाउनु पर्छ। उहाँ एक जसले मलाई पठाउनु भयो, उहाँको यही इच्छा हो। प्रत्येक मानिस जसले परमेश्वरका पुत्रलाई चिने र विश्वास गरे तिनीहरूले अनन्त जीवन पाए। म तिनीहरूलाई अन्त्यको दिनमा जीवित पार्नेछु। यो मेरा पिता परमेश्वरको इच्छा हो।” यहूदीहरूले येशूको विषयमा गुनासो प्रकट गर्न शुरू गरे। येशूले भन्नु भएको थियो, “म नै रोटी हुँ जुन स्वर्गाबाट तल आएकोछ।” यहूदीहरूले भने, “यो येशू हो। हामी उहाँका बाबु-आमा चिन्दछौ। ऊ यूसुफको छोरो हो। उसले कसरी भन्न सक्छ, ‘म स्वर्गबाट ओर्लि आएको हुँ?’” तर येशूले भन्नु भयो, “एक-अर्कामा गनगनाउन बन्द गर। पिता एक हुनुहुन्छ जसले मलाई पठाउनु भयो अनि मानिसहरूलाई मेरो समक्ष ल्याइदिनु हुन्छ। तिनीहरूलाई म अन्त्यको दिनमा जीवित पार्नेछु। कोही पनि आफ्नो मर्जीले आउन सक्तैन। केवल पिताले मात्र मकहाँ ल्याइदिनु सक्नुहुन्छ। अगमवक्ताहरूले लेखेः ‘परमेश्वरले सबैलाई सिकाउनु हुनेछन्।’ मानिसहरू जसले पितालाई सुन्नेछन्। अनि उहाँबाटै सिक्ने छन् मकहाँ आउनेछन्। मैले यो भन्न खोजेको होइन कि पितालाई कसैले देखेकाछन्। तिनी मात्र एक हुन् जो पिताबाट आएकाछन्। जसले पितालाई देखेकाछन्। “म तिमीहरूलाई साँच्चो भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन हुनेछ। म रोटी हुँ जसले जीवन प्रदान गर्दछ। तिमीहरूका पुर्खाहरूले मरूभमूमिमा मन्ना खाए तरै पनि अन्य मानिसहरू जस्तै तिनीहरू मरे। म त्यो रोटी हुँ जो स्वर्गबाट आयो। यदि कुनै मानिसले यो रोटी खाँदछ भने उ कहिल्यै मर्दैन। म जिउँदो रोटी हुँ जो स्वर्गबाट आएको हो। जो मानिसले त्यो रोटी खाँदछ ऊ अनन्त सम्म बाँच्दछ। यो रोटी मेरो शरीर हो। म दिनेछु ताकि संसारका मानिसहरूले जीवन पाउनेछन्।” तब यहूदीहरूको आपसमा वाद-विवाद शुरू भयो। तिनीहरूले भने, “यो मान्छेले कसरी आफ्नो शरीर खान दिन्छ?” येशूले भन्नुभयो, “म साँच्चो भन्छु। तिमीहरूले मानिसको पुत्रको शरीर खानै पर्छ। उसको रगत पिउनु नै पर्छ। यदि तिमीहरूले त्यसो गरेनौ भने तिमीहरूले जीवन पाउने छैनौ। तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु। मेरो शरीर साँच्चो भोजन हो। मेरो रगत साँच्चो पिउने कुरा हो। जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ। “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ। म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।” येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो।
यूहन्ना 6:25-59 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूलाई तालको पारिपट्टि भेटेर मानिसहरूले भने, “गुरुज्यू, तपाईं कतिखेर यहाँ आउनुभयो?” येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मैले देखाएका चिन्हहरूको अर्थ बुझेर होइन, तर अघाउञ्जेल रोटी खान पाएकोले तिमीहरूले मलाई खोजेका हौ। नाश हुने रोटीको लागि काम गर्ने होइन तर अनन्त जीवनसम्म रहने रोटीको लागि काम गर। यो अनन्त जीवनसम्म रहने रोटी मानिसको पुत्रले तिमीहरूलाई दिनेछ किनभने यसैको लागि परमेश्वर पिताले उसलाई खटाएर पठाउनुभएको हो।” मानिसहरूले सोधे, “त्यसो भए परमेश्वरले चाहनुभएको काम गर्न हामीले के गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “परमेश्वरले पठाउनुभएकोलाई विश्वास गर्नुपर्छ, यही नै परमेश्वरले चाहनुभएको काम हो।” तिनीहरूले भने, “तपाईंले कस्तो खालको चिन्ह देखाउनुहुन्छ र हामीले तपाईंलाई विश्वास गरौं? खै, कस्तो खालको काम गर्नुहुन्छ? हाम्रा पुर्खाहरूले त उजाड-स्थानमा मन्न खाए। ठीक त्यस्तै धर्मशास्त्रले पनि भन्छ, ‘उहाँले तिनीहरूलाई स्वर्गीय रोटी खान दिनुभयो’।” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, मोशाले तिमीहरूलाई स्वर्गको रोटी दिएका होइनन्। तर मेरो पिताले पो तिमीहरूलाई स्वर्गको साँचो रोटी दिनुहुन्छ। परमेश्वरले दिने रोटीचाहिँ ऊ नै हो, जसले स्वर्गबाट आएर संसारलाई जीवन दिन्छ।” तिनीहरूले भने, “प्रभु, परमेश्वरको त्यो रोटी हामीलाई सधैँ दिनुहोस्!” येशूले तिनीहरूलाई भन्नुभयो, “अनन्त जीवन दिने रोटीचाहिँ म नै हुँ। मकहाँ आउने भोकाउनेछैन र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन। तर मैले तिमीहरूलाई भनिसकेको छु, तिमीहरूले मलाई देखेर पनि विश्वास गरेनौ। तर मेरा पिताले मलाई दिनुहुने जति सबै मकहाँ आउनेछन् र मकहाँ आउने जतिलाई चाहिँ म फर्काउँदिनँ। मेरो आफ्नै इच्छा होइन, तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न म स्वर्गबाट आएको हुँ। मलाई पठाउनुहुनेको इच्छा यो हो कि परमेश्वरले मलाई दिनुभएका जति कसैलाई पनि म नगुमाऊँ, तर तिनीहरूलाई संसारको आखिरी दिनमा जिउँदो पारूँ। हो, मेरा पिताको इच्छा यही नै हो कि पुत्रलाई हेर्ने र उसमाथि विश्वास गर्ने जति सबैले अनन्त जीवन पाऊन् अनि संसारको आखिरी दिनमा म तिनीहरूलाई मरेकोबाट बिउँताउनेछु।” येशूले ‘स्वर्गबाट आएको रोटी म नै हुँ’ भन्नुभएकोले यहूदी अगुवाहरू उहाँको विरोधमा यसरी गनगनाउन लागे, “यसका आमा-बुबालाई हामी चिन्दछौं, के यो मानिस तिनै योसेफको छोरो येशू होइन र? तब कसरी यसले ‘म स्वर्गबाट ओर्लिआएको हुँ’ भन्छ?” येशूले भन्नुभयो, “तिमीहरू आपसमा मेरो विरोधमा गनगनाउनुपर्दैन। मलाई पठाउनुहुने पिताले मकहाँ आउने मन दिनुभएन भने कोही पनि मकहाँ आउन सक्दैन, मकहाँ आउने जतिलाई म संसारको आखिरी दिनमा जीवित पार्नेछु। धर्मशास्त्रमा अगमवक्ताहरूले यसरी लेखेका छन्, ‘परमेश्वरले नै सबै मानिसहरूलाई सिकाउनुहुनेछ’। यसरी परमेश्वर पिताको शिक्षा सुन्ने र सिक्ने सबै मकहाँ आउँछन्। कसैले परमेश्वर पितालाई देखेको छैन। परमेश्वर पिताबाट आउनेले मात्र उहाँलाई देखेको छ। “साँच्चै म तिमीहरूलाई भन्छु, विश्वास गर्नेसँग अनन्त जीवन छ। जीवन दिने रोटी म नै हुँ। तिमीहरूका पुर्खाले उजाड-स्थानमा मन्न खाए तर पनि मरे। तर स्वर्गबाट आएको रोटी यही हो, जसलाई खानेचाहिँ कहिल्यै पनि मर्नेछैन। स्वर्गबाट आएको जीवित रोटी मै हुँ। यो रोटी खाने सधैँभरि बाँच्नेछ। मैले दिने त्यो रोटीचाहिँ मेरै शरीर हो। संसारका मानिसहरूले जीवन पाऊन् भनेर म मेरो शरीर दिनेछु।” यो कुराले गर्दा यहूदीहरू बीचमा तर्क-विर्तक भयो। तिनीहरूले भने, “यो मानिसले हामीलाई कसरी आफ्नो शरीर खुवाउन सक्छ र?” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यदि तिमीहरूले मानव पुत्रको शरीर खाएनौ र उसको रगत पिएनौ भने तिमीहरूमा अजम्मरी जीवन हुँदैन। तर मेरो शरीर खाने र मेरो रगत पिउनेसँग चाहिँ अनन्त जीवन हुन्छ र आखिरी दिनमा म उसलाई मरेकोबाट बिउँताउनेछु किनभने मेरो शरीर साँचो खानेकुरा हो र मेरो रगत साँचो पिउने कुरा हो। मेरो शरीर खाने र रगत पिउनेचाहिँ ममा रहन्छ र म उसमा रहन्छु। जिउँदो परमेश्वर पिताले मलाई पठाउनुभयो र उहाँद्वारा म जिउँदछु। त्यसै गरी मलाई खानेचाहिँ मद्वारा जिउनेछ। स्वर्गबाट आएको रोटी यही हो। यो तिमीहरूको पुर्खाहरूले खाएको रोटीजस्तो होइन। तिनीहरूले त्यो खाए अनि मरे। तर मैले दिने रोटी खाने मानिसचाहिँ अनन्त जीवन पाएर सधैँभरि जिउनेछ।” यी कुराहरू येशूले कफर्नहुम सहरको सभाघरमा शिक्षा दिँदा भन्नुभएको थियो।