यूहन्ना 6:10-11
यूहन्ना 6:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाओ।” त्यहाँ धेरै घाँस भएको चउर थियो। तब प्राय: पाँच हजार पुरुषहरू त्यहाँ बसे। तब येशूले रोटी लिनुभयो, र परमेश्वरलाई धन्यवाद चढ़ाउनुभएपछि बस्नेहरूलाई बाँड़िदिनुभयो, र त्यसै गरी माछा पनि बाँड़िदिनुभयो। तिनीहरूले चाहेजति खाए।
यूहन्ना 6:10-11 नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीं बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए। त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो, र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
यूहन्ना 6:10-11 पवित्र बाइबल (NERV)
येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाऊ।” यो घाँसै-घाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए। येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाँड्नु भयो। माछा पनि त्यसरीनै बाँड्नु भयो। येशूले मानिसहरूलाई जति चाहान्थे त्यति नै दिनु भयो।
यूहन्ना 6:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ!” त्यहाँ ठूलो चउर थियो र मानिसहरू त्यहीँ नै बसे। त्यस भीडमा पुरुष मात्रै जम्मा पाँच हजार जति थिए। येशूले ती पाँच वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो र बसेका मानिसहरूले खाऊन् भनेर चेलाहरूलाई बाँड्न लगाउनुभयो। माछालाई पनि त्यसै गरी बाँड्न लगाउनुभयो। मानिसहरूले अघाउञ्जेल खाए।