YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 5:19-21

यूहन्‍ना 5:19-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पुत्र आफैले केही गर्न सक्‍दैन, तर पिताले जे गर्नुभएको देख्‍छ त्‍यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्‍छ, पुत्रले त्‍यसै गर्छ। किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्‍छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्‍छ। यीभन्‍दा महान्‌ काम उहाँले पुत्रलाई देखाउनुहुनेछ, र तिमीहरू आश्‍चर्यचकित हुनेछौ। किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्‍छ र तिनीहरूलाई जीवन दिनुहुन्‍छ, त्‍यसरी नै पुत्रले पनि जसलाई इच्‍छा गर्दछ, त्‍यसलाई जीवन दिँदछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:19-21 पवित्र बाइबल (NERV)

तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।

यूहन्‍ना 5:19-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्‍चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैन। उसले त पिताले जे गरिरहनुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्छ। किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्‍चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ। किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:19-21 पवित्र बाइबल (NERV)

तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्

यूहन्‍ना 5:19-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसैकारण येशूले तिनीहरूलाई जवाफ दिँदै भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, पुत्रले आफ्‍नै तर्फबाट केही गर्न सक्‍दैन। पिताले जे गर्नुभएको देख्‍छ, उसले त्‍यही मात्र गर्छ। पिताले जे-जे गर्नुहुन्‍छ, त्‍यही नै पुत्रले पनि गर्छ किनभने पिताले पुत्रलाई माया गर्नुहुन्‍छ र आफूले गर्नुहुने सबै काम पिताले पुत्रलाई देखाउनुहुन्‍छ। अँ, पिताले पुत्रलाई अझै ठूला-ठूला कामहरू गर्न लगाउनुहुनेछ अनि तिमीहरू सबै छक्‍कपर्नेछौ। पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्‍तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ

शेयर गर्नुहोस्
यूहन्‍ना 5 पढ्नुहोस्