यूहन्ना 5:17-21
यूहन्ना 5:17-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताले अहिलेसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु।” यसकारण यहूदीहरूले येशूलाई मार्न अझ बढ़ी प्रयत्न गर्न लागे, किनकि उहाँले शबाथ-दिन भङ्ग गर्ने काम मात्र होइन, तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले त्यसै गर्छ। किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफैले गरिरहनुभएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यीभन्दा महान् काम उहाँले पुत्रलाई देखाउनुहुनेछ, र तिमीहरू आश्चर्यचकित हुनेछौ। किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसलाई जीवन दिँदछ।
यूहन्ना 5:17-21 नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताले आजको दिनसम्म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहनेछु।” यसकारणले गर्दा तिनीहरूले उहाँलाई मार्न झन् धेरै प्रयत्न गर्न लागे; किनकि उहाँले केवल विश्रामदिनलाई मात्र भङ्ग गर्नुभएको थिएन, तर आफूलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई पनि आफ्नै पिता भन्नुभएको थियो। येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, पुत्र आफूले केही गर्न सक्दैनन्, उनले ता पिताले जे गरिरहनुभएको देख्छन्, त्यही मात्र गर्नुहुन्छ, किनकि पिताले जे गर्नुहुन्छ, पुत्रले पनि त्यही गर्नुहुन्छ। किनकि पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँले जे गर्नुहुन्छ, त्यो सबै पुत्रलाई देखाउनुहुन्छ। तिमीहरूका आश्चर्यका निम्ति उहाँले पुत्रलाई यीभन्दा पनि अझै ठूला-ठूला कुराहरू देखाउनुहुनेछ। किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्छन् त्यसलाई जीवन दिन्छन्।
यूहन्ना 5:17-21 पवित्र बाइबल (NERV)
तर येशूले यहूदीहरूलाई भन्नुभयो, “मेरो पिताले कहिल्यै काम रोक्नु भएन। अनि यसैले म पनि काम गर्न रोकिँदिन।” येशूले यी कुराहरू भन्नु भए पछि, यहूदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे। किनभने, “येशूले विश्रामको दिनमा व्यवस्था मात्र भङ्गा गरेनन्। उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नु भयो। अनि यसप्रकारले येशूले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो।” तर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्छु। पुत्रले एक्लै केही गर्न सक्तैन। पिताले गरेको कामहरू देखे पछि मात्र पुत्रले त्यसै गर्दछ। पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि आफूले गरेको सम्पूर्ण कार्यहरू पुत्रलाई देखाउनु हुन्छ। यो मानिस निको भयो। तर पिताले यो भन्दा पनि महान कार्य पुत्रलाई देखाउनु हुन्छ। तब तिमीहरू सबै छक्क पर्नेछौ। पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।
यूहन्ना 5:17-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर येशूले तिनीहरूलाई यसरी जवाफ दिनुभयो, “मेरा पिताले सधैँ काम गरिरहनुहुन्छ। त्यसैले म पनि काम गरिरहन्छु।” यो कुरा सुनेर यहूदी अगुवाहरूले झन् सुरिएर भने, “त्यसले विश्राम दिनमा काम गर्नुहुँदैन भन्ने व्यवस्थालाई मात्र तोडेको होइन तर परमेश्वरलाई नै पिता भनेर आफैंलाई पनि परमेश्वरको बराबरी तुल्याउँदै छ। त्यसलाई त मार्नु नै पर्छ।” त्यसैकारण येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, पुत्रले आफ्नै तर्फबाट केही गर्न सक्दैन। पिताले जे गर्नुभएको देख्छ, उसले त्यही मात्र गर्छ। पिताले जे-जे गर्नुहुन्छ, त्यही नै पुत्रले पनि गर्छ किनभने पिताले पुत्रलाई माया गर्नुहुन्छ र आफूले गर्नुहुने सबै काम पिताले पुत्रलाई देखाउनुहुन्छ। अँ, पिताले पुत्रलाई अझै ठूला-ठूला कामहरू गर्न लगाउनुहुनेछ अनि तिमीहरू सबै छक्कपर्नेछौ। पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ