यूहन्ना 4:27-30
यूहन्ना 4:27-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्क परे, तर “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसँग किन बातचीत गर्दैहुनुहुन्छ?” भनेर कसैले सोधेनन्। तब त्यो स्त्री आफ्नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी, “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?” तब तिनीहरू नगरबाट निस्केर उहाँकहाँ गए।
यूहन्ना 4:27-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्। त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी, “आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?” तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए।
यूहन्ना 4:27-30 पवित्र बाइबल (NERV)
त्यस समय येशूका चेलाहरू शहरबाट फर्केर आए। तिनीहरू येशूलाई एक जना स्त्रीसँग यसरी बात गरिरहेको देखेर छक्क परे। तर तिनीहरू कसैले पनि सोध्ने आँट गरेनन्, “तपाईं के चाहनु हुन्छ?” वा “तपाईं यस स्त्रीसँग किन बात गरिरहनु भएको छ?” तब त्यस स्त्रीले पानी भर्ने गाग्रो त्यतै छाडी र नगर तिर लागी। तिनले शहर-वासीहरूलाई भनिन्, “एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?” तब मानिसहरू शहर छाडे अनि येशू कहाँ गए।
यूहन्ना 4:27-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसै बेला येशूका चेलाहरू पनि आइपुगे र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर उनीहरू छक्क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ? वा तपाईं त्यो स्त्रीसँग किन कुरा गर्दै हुनुहुन्छ?” भनेर सोधेनन्। त्यसैबेला सामरी स्त्रीचाहिँ पानीको गाग्री त्यहीँ छाडेर गाउँमा गइन् र मानिसहरूलाई भनिन्, “आएर हेर, एक जना मानिसलाई! मैले गरेका सबै काम उहाँले भनिदिनुभयो। कतै उहाँ नै मुक्ति दिनुहुने राजा ख्रीष्ट त हुनुहुन्न?” यो सुनेर सहरका मानिसहरू येशूलाई हेर्न दगुर्दै गए।