YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:19-26

यूहन्‍ना 4:19-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्‍छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्‍नुहुन्‍छ, कि आराधना गर्ने स्‍थान यरूशलेम हो।” येशूले तिनलाई भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर, त्‍यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्‍दैनौ। हामी जे आराधना गर्दछौं सो जान्‍दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ। तर बेला आइरहेछ, र त्‍यो बेला अहिल्‍यै हो, जब सच्‍चा आराधकहरूले पितालाई आत्‍मा र सत्‍यतामा आराधना गर्नेछन्‌। किनकि आराधना गर्ने यस्‍तै आराधकहरूलाई नै पिताले खोज्‍नुहुन्‍छ। परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ।” त्‍यस स्‍त्रीले उहाँलाई भनी, “म जान्‍दछु, कि मसीह आउनुहुन्‍छ (जसलाई ख्रीष्‍ट भनिन्‍छ), र जब उहाँ आउनुहुन्‍छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।” येशूले तिनलाई भन्‍नुभयो, “तिमीसँग बोल्‍ने, म उही हुँ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:19-26 नेपाली समकालीन संस्करण (NCV)

त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्‍ता हुनुपर्छ। हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।” येशूले भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर; एउटा समय आउँदैछ, जब तिमीहरूले पितालाई न ता यस डाँडामा आराधना गर्नेछौ, न ता यरूशलेममा नै। तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौं, सो जान्दछौं; किनकि मुक्‍ति यहूदीहरूद्वारा नै आउँछ। तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो, साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्; किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ। परमेश्‍वर आत्मा हुनुहुन्छ, त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।” त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्‍ट गरिदिनुहुनेछ।” तब येशूले भन्‍नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:19-26 पवित्र बाइबल (NERV)

त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ। हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।” येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।” त्यस स्त्रीले भनी, “म जान्दछु मसीह (ख्रीष्टलाई भनिन्छ) आउनु हुँदैछ। जब उहाँ आउनुहुन्छ, उहाँले हामीलाई प्रत्येक कुराको व्याख्या गर्नु हुनेछ।” तब येशूले भन्नुभयो, “एक जो तिमीसित बोलिरहेछु, म मसीह हुँ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:19-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सामरी स्‍त्रीले भनिन्, “हजुर, तपाईं त अगमवक्ता पो हुनुहुँदो रहेछ। हाम्रा सामरी पुर्खाहरूले त यस डाँडामा परमेश्‍वरको पूजा गर्थे। तर तपाईं यहूदीहरूचाहिँ परमेश्‍वरको पूजा गर्ने ठाउँ यरूशलेम नै हो भनेर भन्‍नुहुन्‍छ।” येशूले तिनलाई भन्‍नुभयो, “मलाई विश्‍वास गर, त्‍यो बेला आउँदै छ, जब मानिसहरू परमेश्‍वर पिताको पूजा गर्न नता यस डाँडामा नता यरूशलेममा जानेछन्। तिमी सामरीहरू परमेश्‍वरलाई चिन्‍दैनौ र पनि पुज्‍दछौ। हामीले परमेश्‍वरलाई चिनेर पुज्‍दछौं कारण मानिसको मुक्तिचाहिँ यहूदीहरूबाट नै आउँछ। तर समय आउँदै छ र अहिले नै आइसकेको छ, साँचो पूजा गर्नेहरूले पितालाई सत्‍य र आत्‍माले पुज्‍नेछन्। यसरी पुज्‍ने मानिसहरूलाई परमेश्‍वर पिताले चाहनुहुन्‍छ। परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ र उहाँलाई पुज्‍नेहरूले आत्‍मा र सत्‍यतामा पुज्‍नुपर्छ।” यो सुनेर सामरी स्‍त्रीले भनिन्, “मलाई थाहा छ, मुक्ति दिनुहुने मसीह (जसलाई ‘ख्रीष्‍ट’ पनि भनिन्‍छ) आउनुहुनेछ र आउनुभएपछि उहाँले नै हामीलाई सबै कुरा बुझाउनुहुनेछ।” येशूले भन्‍नुभयो, “तिमीसँग बोलिरहने म त्‍यही ख्रीष्‍ट हुँ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्