यूहन्ना 4:13-15
यूहन्ना 4:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।
यूहन्ना 4:13-15 नेपाली समकालीन संस्करण (NCV)
येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ, तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।” त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ, अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
यूहन्ना 4:13-15 पवित्र बाइबल (NERV)
येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।” त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।”
यूहन्ना 4:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले जवाफ दिनुभयो, “यो पानी पिउने फेरि तिर्खाउँछ। तर मैले दिएको पानी पिउनेचाहिँ फेरि कहिल्यै पनि तिर्खाउनेछैन किनभने मैले दिने पानीचाहिँ ऊभित्र उम्रिरहने पानीको मूल हुनेछ र यसले उसलाई अजम्मरी जीवन दिनेछ।” सामरी स्त्रीले भनिन्, “हजुर, त्यसो भए मलाई त्यही पानी दिनुहोस् अनि म फेरि कहिल्यै तिर्खाउनेछैनँ र यहाँ पानी लिन पनि आइरहनुपर्नेछैनँ।”