YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:11-14

यूहन्‍ना 4:11-14 पवित्र बाइबल (NERV)

त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन। तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।” येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्‍यो जिउँदो पानी ल्‍याउनुहुन्‍छ? के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा ठूला हुनुहुन्‍छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्‍तान र उनका गाईबस्‍तुले यही इनारको पानी पिए।” येशूले त्‍यसलाई भन्‍नुभयो, “यो पानी पिउने प्रत्‍येक फेरि तिर्खाउनेछ, तर जस-जसले मैले दिने पानी पिउँछ त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो त्‍यसमा अनन्‍त जीवनको निम्‍ति उम्रिरहने पानीको मूल बन्‍नेछ!”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:11-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?” येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ। तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्‍नेछ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सामरी स्‍त्रीले भनिन्, “हजुर, तपाईंसित पानी भर्ने भाँडो पनि छैन, इनार पनि निकै गहिरो छ, तब कहाँबाट तपाईंले जीवित पानी ल्‍याउनुहुन्‍छ? यो इनार त हाम्रा पुर्खा याकूबले बनाउनुभएको हो। उहाँका छोरा-छोरी र भेडा-बाख्राहरू यही इनारको पानी पिउने गर्दथे। तपाईं हाम्रा पुर्खा याकूबभन्दा पनि महान् हुनुहुन्‍छ र?” येशूले जवाफ दिनुभयो, “यो पानी पिउने फेरि तिर्खाउँछ। तर मैले दिएको पानी पिउनेचाहिँ फेरि कहिल्‍यै पनि तिर्खाउनेछैन किनभने मैले दिने पानीचाहिँ ऊभित्र उम्रिरहने पानीको मूल हुनेछ र यसले उसलाई अजम्‍मरी जीवन दिनेछ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 4 पढ्नुहोस्