यूहन्ना 3:8-11
यूहन्ना 3:8-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हावा जता मन लाग्यो, त्यतै बहन्छ। हावाको आवाज त तिमीहरू सुन्छौ, तर त्यो कहाँबाट आउँछ अनि कहाँ जान्छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्माबाट जन्मिएको मानिस पनि त्यस्तै हुन्छ।” निकोदेमसले भने, “यस्तो कसरी हुन सक्छ र?” येशूले भन्नुभयो, “तिमी त इस्राएलीहरूका ठूला गुरु हौ र पनि यी कुरा बुझ्दैनौ? साँच्चै म तिमीलाई भन्छु, हामीले जानेका कुराको बारेमा बोल्छौं र आफूले देखेका कुरा नै सुनाउँछौं। तर तिमीहरूले चाहिँ हामीले भनेका कुराहरू पत्याउँदैनौ।
यूहन्ना 3:8-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बतास जता चाहन्छ उतै बहन्छ। तिमी बतासको आवाज सुन्छौ, तर त्यो कहाँबाट आउँछ र कता जान्छ, त्यो जान्दैनौ। आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ।” निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्दछ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्दैनौ? साँच्चै, म तिमीलाई भन्दछु, हामी जे जान्दछौं त्यो भन्दछौं, र हामीले जे देखेका छौं त्यसको गवाही दिन्छौं, तर तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ।

यूहन्ना 3:8-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बतास जता मन लाग्यो त्यतै बहन्छ। तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्ति पनि त्यस्तै हुन्छ।” निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?” येशूले भन्नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ? म तिमीलाई साँच्चै भन्दछु, हामी जे जान्दछौँ, त्यो भन्दछौँ, र हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ। तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ।
यूहन्ना 3:8-11 पवित्र बाइबल (NERV)
तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।” निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?” येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ? म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ।