यूहन्ना 3:31-33
यूहन्ना 3:31-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा उच्च हुनुहुन्छ। पृथ्वीबाट हुने पृथ्वीकै हो, र पृथ्वीकै कुरा बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसको गवाही उहाँ दिनुहुन्छ, तर उहाँको गवाही कसैले ग्रहण गर्दैन। जसले उहाँको गवाही ग्रहण गरेको छ, त्यसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुराको प्रमाण दिन्छ।
यूहन्ना 3:31-33 नेपाली समकालीन संस्करण (NCV)
“जो माथिबाट आउनुहुन्छ, उहाँ सबैभन्दा उच्च हुनुहुन्छ; पृथ्वीबाट आउनेचाहिँ पृथ्वीकै हो, र पृथ्वीबाट आउनेले झैं बोल्छ। स्वर्गबाट आउनुहुने सबैभन्दा उच्च हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नुभएको छ, त्यसैको गवाही दिनुहुन्छ; तर कसैले पनि उहाँको गवाही ग्रहण गर्दैनन्। जुन मानिसले उहाँको गवाही ग्रहण गरेको छ, उसले परमेश्वर सत्य हुनुहुन्छ भनी गवाही दिन्छ।
यूहन्ना 3:31-33 पवित्र बाइबल (NERV)
“तर एक जो स्वर्गबाट आउनु हुन्छ, उहाँ सबै भन्दा महान हुनुहुन्छ। जुन मानिस पृथ्वीबाट आउँदछ ऊ पृथ्वीकै हो र उसले जे पनि पृथ्वीबाटै गर्दछ। जो एकमात्र स्वर्गबाट आउनुहुन्छ उहाँ सबै भन्दा महान हुनुहुन्छ। उहाँले जे देख्नु र सुन्नु भएकोछ, त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्। उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ, तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन्।
यूहन्ना 3:31-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्छ। संसारमा जन्मेका मानिसहरूचाहिँ संसारकै हुन्छन् र सांसारिक कुरा गर्छन्। तर स्वर्गबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्छ। उहाँले आफूले देखेका र सुनेका कुरा नै भन्नुहुन्छ। तापनि उहाँले भन्नुभएका कुरा कसैले पत्याउँदैनन्। तर उहाँले भन्नुभएका कुरा पत्याउनेले चाहिँ परमेश्वर सत्य हुनुहुन्छ भनेर ठोकुवा गर्छ।