यूहन्ना 20:25
यूहन्ना 20:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्यौं।” तर तिनले उनीहरूलाई भने, “जबसम्म म उहाँका हातमा कीलाहरूका डोब देख्दिनँ, र कीलाहरूका डोबमा मेरा औँला हाल्दिनँ, उहाँको कोखामा मेरो हात हाल्दिनँ, तबसम्म म विश्वास गर्नेछैनँ।”
यूहन्ना 20:25 नेपाली समकालीन संस्करण (NCV)
“हामीले प्रभुलाई देख्यौं” भनेर अरू चेलाहरूले थोमालाई भने। तर तिनले तिनीहरूलाई यसो भने, “उहाँको हातमा काँटीहरूका चोट नदेखेसम्म, र मैले मेरा औंलाहरू त्यहाँ नहालेसम्म, अनि उहाँको कोखामा हात नराखेसम्म, म यो कुरा विश्वास गर्नेछैनँ।”
यूहन्ना 20:25 पवित्र बाइबल (NERV)
अरू चेलाहरूले थोमालाई भने, “हामीले प्रभुलाई देख्यौं।” थोमाले भने, “म त्यति बेला सम्म विश्वास गर्दिन जबसम्म काँटीले छेडिएका दागहरू उहाँको हातमा देख्दिन अनि औंला त्यो काँटीको दागहरूमा राख्दिन र उहाँको कोखामा मेरो हात राख्दिन।”
यूहन्ना 20:25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अरू चेलाहरूले उनलाई ‘हामीले प्रभुलाई देख्यौं’ भनेर बताए। तर थोमाले भने, “जबसम्म म आफैंले उहाँका हातमा काँटीको डोब देख्तिनँ र आफ्नै औँलाले त्यो काँटीको डोब छुँदिनँ र मेरो हातले उहाँको कोखामा छाम्दिनँ, तबसम्म म विश्वासै गर्दिनँ!”