यूहन्ना 2:9-10
यूहन्ना 2:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोजका मुखियाले त्यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलहालाई बोलाएर भने, “हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्छ। तिमीले त असल दाखमद्य अहिलेसम्म राखिछोड़ेछौ।”
यूहन्ना 2:9-10 नेपाली समकालीन संस्करण (NCV)
जब भोजका नाइकेले त्यो पानी चाखे, जुन दाखमद्य बनिसकेको थियो। त्यो कहाँबाट ल्याइएको हो भनी तिनले जानेनन्, तर पानी उघाउने सेवकहरूलाई चाहिँ त्यो थाहा थियो। तिनले दुलहालाई बोलाएर भने र भने, “हरेक मानिसले सबैभन्दा उत्तम दाखमद्य सुरुमा चलाउँछ, अनि सबै मानिसहरूले प्रशस्तै पिइसकेपछि मात्र कमसल दाखमद्य चलाउँछ, तर तिमीले ता सबैभन्दा असललाई अहिलेसम्मका लागि साँचेका रहेछौ।”
यूहन्ना 2:9-10 पवित्र बाइबल (NERV)
विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस सधैँ बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँड्न थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”
यूहन्ना 2:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
नाइकेले पानी चाख्दा त त्यो अङ्गुरको मद्य बनिसकेको थियो। तर त्यो मद्य केबाट बनिएको थियो, त्यो कुरा उनले थाहा पाएका थिएनन्। त्यो त ल्याउने नोकरहरूलाई मात्रै थाहा थियो। भोजको नाइकेले दुलहाकहाँ आएर भने, “अरूले त पहिले राम्रो खालको मद्य पिउन दिन्छन् अनि पाहुनाहरूले धेरै मद्य पिइसकेपछि मात्रै कमसल खालको दिन्छन्, तर हजुरले त अहिलेसम्म सबैभन्दा राम्रोचाहिँ जोगाएर राख्नुभएको रहेछ।”