यूहन्ना 2:6-7
यूहन्ना 2:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय: एक सय लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
यूहन्ना 2:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहूदीहरूले शुद्धीकरणका लागि प्रयोग गर्ने खालका हरेकमा एक-एक सय लिटर पानी अट्ने ढुङ्गाका छ वटा घ्याम्पाहरू त्यहीँ नजिकै थिए। येशूले सेवकहरूलाई भन्नुभयो, “घ्याम्पाहरूमा पानी भर।” अनि तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
यूहन्ना 2:6-7 पवित्र बाइबल (NERV)
त्यहाँ ढुंगाका ठूल-ठूला छ वटा पानीका घ्याम्पाहरू थिए। यहूदीहरूले आफ्ना शुद्धी धर्मानुष्ठानमा ती पानीका घ्याम्पाहरू चलाउने गर्दथे। प्रत्येक घ्याम्पाहरू बीस अथवा तीस गेलेन परिमाणको थियो। येशूले नोकरहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तब नोकरहरूले मुखसम्मै घ्याम्पाहरूमा पानी भरिदिए।
यूहन्ना 2:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यहाँ नजिकै ढुङ्गा कुँदेर बनाइएका छ वटा घ्याम्पाहरू थिए। तिनीहरूमा झण्डै एक-एक सय लिटर पानी जान्थ्यो। यस्ता घ्याम्पाहरूचाहिँ यहूदीहरूले आफूलाई चोख्याउने काममा प्रयोग गर्थे। येशूले नोकरहरूलाई भन्नुभयो, “यी सबै घ्याम्पाहरू पानीले भर।” उनीहरूले ती सबै घ्याम्पाको मुखसम्मै पानी भरिदिए।