यूहन्ना 19:34-37
यूहन्ना 19:34-37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो। तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्दछु भनी ऊ जान्दछ। “उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
यूहन्ना 19:34-37 नेपाली समकालीन संस्करण (NCV)
तैपनि एकजना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट रगत र पानी निस्क्यो। यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, अनि उसको साक्षी सत्य छ। साँच्चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो। “उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यो कुरा हुन आएको हो। अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
यूहन्ना 19:34-37 पवित्र बाइबल (NERV)
तर एकजना सिपाहीले उहाँको कोखामा भालाले घोंचे। रगत र पानी बाहिर निस्कयो। ऊ जसले त्यो देख्यो ऊ गवाही भयो अनि उसको गवाही सत्य छ। उसले जान्दछ कि उसले साँच्चो बोलिरहकोछ। उसले गवाही दिन्छ ताकि तिमीहरूले पनि विश्वास गर्न सक्छौ। यी सबै कुराहरू घटे ताकि धर्मशास्त्र साँच्चो हुन्छः “उहाँको एउटै हड्डी पनि भाँचिनछैन।” अर्को ठाउँमा धर्मशास्त्र भन्छः “मानिसहरूले उनलाई हेर्नछन् जसलाई भालाले रोप्नेछन्।”
यूहन्ना 19:34-37 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तैपनि एक जना सिपाहीले उहाँको कोखामा भालाले रोप्यो अनि कोखाबाट रगत र पानी निस्कियो। (तिमीहरूलाई विश्वास लागोस् भनेर यी घटनाहरू आफ्नो आँखाले देख्नेले जस्ताको त्यस्तै भनेका छन् अनि उसको साक्षी सत्य छ)। “उहाँको एउटै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रमा लेखिएको त्यो कुरा पूरा हुन आओस् भनेर नै यसो भएको हो। फेरि अर्को ठाउँमा पनि धर्मशास्त्रले यसरी बताउँछ, “आफैंले घोचेकोलाई तिनीहरूले हेर्नेछन्।”