यूहन्ना 18:37-38
यूहन्ना 18:37-38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनी तपाईं नै भन्नुहुन्छ। यसैको निम्ति म जन्मेको हुँ, र यसैको निम्ति सत्यको गवाही दिन म यस संसारमा आएको हुँ। प्रत्येक जो सत्यको पक्षमा छ, त्यसले मेरो सोर सुन्छ।” पिलातसले उहाँलाई सोधे, “सत्य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ।
यूहन्ना 18:37-38 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
पिलातसले भने, “त्यसो भए के तिमी राजा नै हौ?” येशूले भन्नुभयो, “म राजा हुँ भनी तपाईंले ठिकै भन्नुभयो। वास्तवमा म जन्मिएँ, र संसारमा सत्यको साक्षी दिनका लागि आएको हुँ। सत्यताको पक्षमा रहने सबैले मेरा वचन सुन्छन्।” पिलातसले सोधे, “सत्यता के हो त?” त्यसपछि तिनी फेरि मानिसहरूका अगि गएर भने, “उनको विरुद्धमा मैले केही दोष भेट्टाइनँ।
यूहन्ना 18:37-38 पवित्र बाइबल (NERV)
पिलातसले भने, “यसर्थ तिमी एक राजा हौ?” येशूले उत्तर दिनुभयो, “तिमीले भन्यौ म राजा हुँ। त्यो सत्य हो। सत्यको साक्षीको लागि म जन्मेको थिए। त्यसैकारणले गर्दा म संसारमा आएको हुँ। अनि प्रत्येक मानिस जो सत्यको पक्षमा छ, मेरो कुरा सुन्दछ।” पिलातसले भने, “सत्य के हो?” पिलातसले त्यसो भने पछि तिनी फेरि बाहिर यहूदीहरूकहाँ गए अनि भने, “मैले यस मानिसमाथि आरोप लगाउन केही दोष पाइन।
यूहन्ना 18:37-38 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पिलातसले येशूलाई सोधे, “त्यसो भए तिमी राजा नै हौ त?” येशूले जवाफ दिनुभयो, “म राजा हुँ भनेर तपाईं आफैं भन्दै हुनुहुन्छ। म सत्य प्रकट गर्न जन्मिएको हुँ र यसैको लागि नै यस संसारमा आएको हुँ। सत्य मन पराउनेहरू सबैले मेरा कुरालाई सुन्छन्।” “सत्य के हो त?” पिलातसले सोधे। यति कुराहरू सोधिसकेपछि पिलातसले बाहिर निस्केर यहूदी अगुवाहरूलाई भने, “मैले दण्ड दिनलाई यी मानिसमा त कुनै दोष नै भेट्टाइनँ।