यूहन्ना 17:11
यूहन्ना 17:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्।
यूहन्ना 17:11 नेपाली समकालीन संस्करण (NCV)
म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, अनि म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नाउँको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाउँ तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्।
यूहन्ना 17:11 पवित्र बाइबल (NERV)
“अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु होस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु होस् (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक।
यूहन्ना 17:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब म तपाईंकहाँ आउँदै छु। म धेरै बेर यस संसारमा रहन्नँ, तर यिनीहरू भने यस संसारमा रहन्छन्। हे पवित्र पिता, तपाईं र म एक भएजस्तै तपाईंले मलाई दिनुभएकाहरू पनि एक होऊन् भनेर तिनीहरूलाई तपाईंको नाउँको शक्तिले जोगाइराख्नुहोस्, जुन नाउँ तपाईंले मलाई दिनुभएको छ।