यूहन्ना 17:1-26
यूहन्ना 17:1-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्। किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्। जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। “संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईंका थिए, अनि तपाईंले तिनीहरू मलाई दिनुभयो, र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। तिनीहरूलाई अब थाहा छ, कि तपाईंले मलाई दिनुभएको प्रत्येक कुरा तपाईंबाट आएको हो। किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईंबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरेका छन्। म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्। मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ। “म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्। जबसम्म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्ये विनाशको छोराबाहेक अरू कोही नष्ट भएन, किनकि धर्मशास्त्र पूरा हुन आवश्यक थियो। “तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्दछु, कि तिनीहरूमा मेरो आनन्द पूरा होस्। मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्। तिनीहरू संसारका होइनन्, जस्तो म पनि संसारको होइनँ। तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो। जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यतामा पवित्र होऊन्। “म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्। म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्। “पिता, म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो। “धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्दछन्। मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”
यूहन्ना 17:1-26 नेपाली समकालीन संस्करण (NCV)
येशूले यी कुराहरू भनिसक्नुभएपछि, उहाँले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो: “हे पिता, समय भयो। तपाईंको पुत्रको महिमा गर्नुहोस्, र पुत्रले पनि तपाईंलाई महिमा दिन सकोस्। किनकि तपाईंले दिनुभएका हरेकलाई उसले अनन्त जीवन दिन सकोस् भनेर तपाईंले उसलाई यस पृथ्वीको मानिस जातिमाथि अधिकार दिनुभएको छ। अनन्त जीवन यही हो: तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई, अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्। तपाईंले मलाई अह्राउनुभएको प्रत्येक काम गरेर मैले तपाईंलाई पृथ्वीमा महिमा दिएको छु। हे पिता, तपाईंको सामु मलाई त्यो महिमाले महिमित गराउनुहोस्, जुन महिमा संसारको सृष्टिअघि तपाईंमा मेरो निम्ति थियो। “संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूका बीचमा तपाईंलाई मैले प्रकट गरेको छु। ती तपाईंकै थिए, र ती तपाईंले फेरि मलाई दिनुभयो; र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्। मसित जे-जति छन्, ती सबै तपाईंबाट नै आएका हुन् भनेर अब तिनीहरूले थाहा गरेका छन्। किनकि तपाईंले मलाई दिनुभएका वचनहरू मैले तिनीहरूलाई पनि दिएँ; र तिनीहरूले पनि ती सब ग्रहण गरेका छन्। म तपाईंबाटै आएको हुँ भनेर पक्कै जानेका छन्, र तपाईंले मलाई पठाउनुभयो भनी विश्वास पनि गरेका छन्। म तिनीहरूका लागि प्रार्थना गर्दछु। संसारको लागि म प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूको लागि म प्रार्थना गर्छु; किनकि तिनीहरू तपाईंका नै हुन्। मेरा सबै थोक तपाईंकै हुन्, र तपाईंका सबै थोक मेरा हुन्; अनि तिनीहरूद्वारा महिमा मकहाँ आएको छ। म यस संसारमा अब रहँदिनँ, तर तिनीहरू यही संसारमा रहन्छन्, अनि म तपाईंकहाँ आउँदैछु। हे पवित्र पिता, तपाईंको नाउँको शक्तिले तिनीहरूलाई जोगाइराख्नुहोस्, जुन नाउँ तपाईंले मलाई दिनुभएको छ, जसद्वारा तिनीहरू पनि हामीजस्तै एक होऊन्। म तिनीहरूसँग हुँदा, तपाईंले मलाई दिनुभएको नाउँले तिनीहरूलाई जोगाइराखें। तिनीहरूमध्ये एउटाबाहेक अरू कोही पनि नष्ट भएनन्, तर धर्मशास्त्र पूरा होस् भनेर एक जनाचाहिँ विनाशको पुत्र नै भयो। “अब म तपाईंकहाँ आउँदैछु। मेरो आनन्दले तिनीहरू पूरा भरपूर होऊन् भनेर मैले यी कुराहरू म संसारमा हुँदा नै भनिदिएको छु। मैले तिनीहरूलाई तपाईंको वचन दिएको छु। संसारले तिनीहरूलाई घृणा गरेको छ; किनकि जसरी म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्। संसारबाट तिनीहरूलाई लैजानुहोस् भनेर म तपाईंसँग विन्ती गर्दिनँ, तर दुष्टको शक्तिबाट तिनीहरूलाई जोगाइराख्नुहोस् भनी विन्ती गर्छु। म यस संसारको नभएजस्तै, तिनीहरू पनि अब यस संसारका होइनन्। सत्यताद्वारा तिनीहरूलाई पवित्र गर्नुहोस्; तपाईंको वचन सत्य छ। तपाईंले मलाई संसारमा पठाउनुभएझैं, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरू पनि साँचो रूपले पवित्र होऊन् भनेर म आफूलाई तिनीहरूका लागि पवित्र गर्दछु। “तिनीहरूका निम्ति मात्र म प्रार्थना गर्दिनँ, तर तिनीहरूका साक्षीद्वारा पछि मलाई विश्वास गर्नेहरू सबैका लागि पनि म प्रार्थना गर्दछु। हे पिता, जस्तो म तपाईंमा छु र तपाईं ममा हुनुहुन्छ, त्यसरी नै तिनीहरू पनि हामीमा एक होऊन्। तिनीहरू पनि हामीमा रहन सकून्; ताकि तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्। तिनीहरू पनि हामीजस्तै एक होऊन् भनेर तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई पनि दिएको छु: म तिनीहरूमा अनि तपाईं ममा। तपाईंले मलाई संसारमा पठाउनुभएको हो, र मलाई प्रेम गर्नुभएझैं तिनीहरूलाई पनि गर्नुहुन्छ भन्ने कुरा संसारलाई थाहा दिन तिनीहरूमा पूरा एकता आओस्। “हे पिता, म इच्छा गर्दछु जो जति तपाईंले मलाई दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, मसितै त्यहीं रहून् र मेरो महिमा तिनीहरूले देखून्, जुन महिमा तपाईंले संसारको सृष्टिभन्दा पहिलेदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले मलाई दिनुभयो। “हे धार्मिक पिता, संसारले तपाईंलाई नचिने तापनि म तपाईंलाई चिन्दछु; अनि तपाईंले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले जान्दछन्। मैले तपाईंलाई तिनीहरूकहाँ प्रकट गरेको छु, अनि मलाई तपाईंले गर्नुभएको त्यो गहिरो प्रेम तिनीहरूमा पनि रहोस् र म आफू पनि तिनीहरूमा रहूँ भनेर तिनीहरूकहाँ तपाईंलाई म प्रकट गरिरहनेछु।”
यूहन्ना 17:1-26 पवित्र बाइबल (NERV)
यति कुराहरू भनिसके पछि येशूले स्वर्गतिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्। तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ। यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँच्चो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो। जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ। अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसँग। मलाई त्यो महिमा दिनु होस् तपाईंको जो मसँग संसार बनिनु पहिल्यै थियो। “तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे। अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन्। मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो। तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईंले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईंकै हुन्। जे ममा छ त्यो सबै तपाईंकै हो, अनि जे जति तपाईंकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउँछन्। “अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु होस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु होस् (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक। जब सम्म म तिनीहरूसँग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफैं छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो। “म तपाईं कहाँ आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु। मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएँ र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन। “मैले तपाईंसँग तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु। तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन। तपाईंको सत्यद्वारा तिनीहरूलाई आफ्नो सेवामा राख्न तयार पार्नुहोस्। तपाईंको वचन सत्य हो। जसरी तपाईंले मलाई संसारभित्र पठाउनु भयो त्यसरी नै मैले तिनीहरूलाई संसारभित्र पठाएकोछु। अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँच्चो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन्। “म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्। हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो। तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन्, जसरी तपाईं र म एक हौं। जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ। “पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसँग नै होऊन। म यो इच्छा गर्छु तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो। हे धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्। मैले तिनीहरूलाई तपाईं कस्तो हुनु हुन्छ देखाएँ। अनि अझ म तिनीहरूलाई तपाईं कस्तो हुनुहुन्छ देखाउनेछु। तब तिनीहरूले मैले तपाईंबाट पाए जस्तै प्रेम पाउन सक्छन्। अनि म तिनीहरूमा बाँच्नेछु।”
यूहन्ना 17:1-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “हे पिता, अब समय आइपुगेको छ। तपाईंको पुत्रले तपाईंकै महिमा देखाउन सकोस् भनेर उसलाई महिमा दिनुहोस् किनभने तपाईंले उसलाई सबै मानिसहरूमाथि अधिकार दिनुभएको छ र तपाईंले दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्। अनन्त जीवन भनेको तपाईं एक मात्र साँचो परमेश्वरलाई चिन्नु र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई पनि चिन्नु हो। तपाईंले मलाई जिम्मा दिनुभएको काम पूरा गरेर मैले तपाईंको नाउँ पृथ्वीमा उच्च पारेको छु। हे पिता, अब मलाई आफ्नै साथमा राखेर त्यही महिमा दिनुहोस्, जुन महिमा संसारको सृष्टिभन्दा अघि तपाईंको साथमा हुँदा मसँग थियो। “संसारबाट तपाईंले मलाई दिनुभएका मानिसहरूलाई मैले तपाईंलाई चिनाएको छु। तिनीहरू तपाईंकै थिए र तपाईंले नै मलाई दिनुभयो। तिनीहरूले तपाईंको शिक्षा मानेका छन्। तपाईंले मलाई दिनुभएका सबै कुरा तपाईंबाटै आएका हुन् भनी त्यो अब तिनीहरूलाई थाहा छ किनभने तपाईंले दिनुभएको शिक्षा मैले तिनीहरूलाई दिएको छु र तिनीहरूले त्यसलाई मान्दै पनि छन्। म साँच्चै तपाईंबाट आएको हुँ भनी तिनीहरूले बुझेका छन्। तपाईंले नै मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्वास गरेका छन्। “तिनीहरूको लागि म प्रार्थना गर्दै छु। दुनियाँको लागि त होइनँ, तर तपाईंले मलाई दिनुभएका मानिसहरूका लागि नै म प्रार्थना गर्दै छु किनभने तिनीहरू तपाईंकै हुन्। मसँग भएका सबै तपाईंका हुन् र तपाईंका सबै मेरा हुन् अनि तिनीहरूद्वारा मेरो महिमा प्रकट भएको छ। अब म तपाईंकहाँ आउँदै छु। म धेरै बेर यस संसारमा रहन्नँ, तर यिनीहरू भने यस संसारमा रहन्छन्। हे पवित्र पिता, तपाईं र म एक भएजस्तै तपाईंले मलाई दिनुभएकाहरू पनि एक होऊन् भनेर तिनीहरूलाई तपाईंको नाउँको शक्तिले जोगाइराख्नुहोस्, जुन नाउँ तपाईंले मलाई दिनुभएको छ। तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँको शक्ति पाएर जोगाइराखें। नाश हुनुपुर्ने मानिसबाहेक मैले कसैलाई पनि नष्ट हुन दिइनँ। तर धर्मशास्त्रमा लेखिएको वचन पूरा हुन आउनु नै पर्थ्यो। “तर अब म तपाईंकहाँ आउँदै छु अनि तिनीहरूका हृदय मेरो आनन्दले पूरै भरियोस् भनेर म यी कुराहरू संसारमा हुँदा नै भन्दै छु। मैले तिनीहरूलाई तपाईंकै शिक्षा दिएँ अनि तिनीहरू मजस्तै यस संसारका नभएका हुनाले मानिसहरूले तिनीहरूलाई हेला गर्दै छन्। तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टदेखि बचाउनुहोस् भनी म बिन्ती गर्दछु। जसरी म यस संसारको होइनँ, त्यसरी नै तिनीहरू पनि यस संसारका होइनन्। तिनीहरूलाई सत्यद्वारा तपाईंकै पवित्र सेवकहरू बनाउनुहोस् किनभने तपाईंको वचन सत्य हो। तपाईंले मलाई संसारमा पठाउनुभएझैँ मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। तिनीहरूले सम्पूर्ण जीवन तपाईंमै सुम्पन सकून् भनेर मैले पनि आफ्नो जीवन तपाईंमा सुम्पँदै छु। “म यिनीहरूका लागि मात्र होइन, तर यिनीहरूका शिक्षाले गर्दा ममाथि विश्वास राख्नेहरूका लागि पनि प्रार्थना गर्दै छु। तिनीहरू सबै एक हुन सकून् भनेर म बिन्ती गर्दै छु। हे पिता, तपाईं ममा र म तपाईंमा भई हामी एक भएजस्तै तिनीहरू पनि हामीमा भएर एउटै हुन सकून् र तपाईंले नै मलाई पठाउनुभएको हो भनी संसारले बुझ्न सकोस्। तपाईंले मलाई जुन महिमा दिनुभएको छ, त्यही महिमा मैले अहिले तिनीहरूलाई पनि दिएको छु, जसरी तपाईं र म एक हौं, त्यसरी नै तिनीहरू पनि एक हुन सकून्। म तिनीहरूमा र तपाईं ममा हुनुहुन्छ। यही रीतिले तिनीहरू पनि पूर्णरूपमा एक हुन सकून्। यसैबाट तपाईंले नै मलाई पठाउनुभएको हो र तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूलाई पनि प्रेम गर्नुहुन्छ भनी संसारले जान्न सकोस्। “हे पिता, तपाईंले मलाई दिनुभएका मानिसहरू मसँग नै रहून् र तपाईंले मलाई दिनुभएको महिमा तिनीहरूले देख्न सकून्, जुन महिमा तपाईंले सृष्टि हुनुभन्दा अघिदेखि नै मलाई प्रेम गर्नुभएको हुनाले दिनुभयो। “हे सत्य न्याय गर्नुहुने पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्छु र तपाईंले नै मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्नेछन्। तपाईंले मलाई गर्नुभएको प्रेम तिनीहरूमा पनि रहन सकोस् अनि म तिनीहरूमा रहन सकूँ भनेर तिनीहरू माझ तपाईंलाई मैले चिनाएँ र अझै पनि चिनाइरहनेछु।”