YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 16:5-11

यूहन्‍ना 16:5-11 नेपाली समकालीन संस्करण (NCV)

अब म मलाई पठाउनुहुनेकहाँ जाँदैछु, तापनि ‘तपाईं कहाँ जाँदैहुनुहुन्छ?’ भनी तिमीहरू कसैले मलाई सोध्दैनौ। मैले यी कुराहरू भनेका कारण तिमीहरूको ह्रदय शोकले भरिएको छ। तर म तिमीहरूलाई साँचो भन्दछु: तिमीहरूको भलाइको निम्ति नै म जाँदैछु। म नगएसम्म सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म गएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि उहाँ आउनुभएपछि, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोष देखाइदिनुहुनेछ। पापको विषयमा; किनकि मानिसहरूले मलाई विश्‍वास गर्दैनन्, धार्मिकताको विषयमा; किनकि म पिताकहाँ जाँदैछु, र तिमीहरूले मलाई फेरि देख्नेछैनौ, र न्यायको विषयमा; किनकि यस संसारको शासकले दण्डको आज्ञा पाइसकेको छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 16 पढ्नुहोस्

यूहन्‍ना 16:5-11 पवित्र बाइबल (NERV)

अब म उहाँकैमा गइरहेकोछु जसले मलाई पठाउनुभयो। तर तिमीहरू कसैपनि मलाई सोधेनौ, ‘तपाईं कहाँ गइरहुन भएको छ?’ तिमीहरूका हृदय उदासिनताले भरिएको छ किनभने मैले तिमीहरूलाई ती कुराहरू भने। तर म तिमीहरूलाई साँच्चो भन्दछु। तिमीहरूको भलाईको निम्ति म टाढिनु नै राम्रो छ। किनभने जब म जानेछु तिमीहरूका लागि सहायक पठाइदिने छु। तर यदि म गइन भने, सहायक तिमीहरूकहाँ आउने छैन। “जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा। सहायकले मानिसहरूको जीवनमा पाप छ भनेर प्रमाण गर्नेछन् किनभने तिनीहरूले ममा विश्वास गर्दैनन्। उसले मेरो धार्मिकताको प्रमाण तिनीहरूलाई गराउनेछन्, किनभने म पिताकहाँ नै गई रहेछु। तब तिमीहरूले मलाई फेरि देख्नेछैनौ। अनि सहायकले न्यायको विषयमा सत्य कुराको प्रमाण संसारलाई गराउने छ, किनभने यस संसारको शासकलाई पहिल्यै नै जाँची सकेकोछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 16 पढ्नुहोस्

यूहन्‍ना 16:5-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अहिलेचाहिँ म मलाई पठाउनुहुनेकहाँ जाँदै छु। तर ‘तपाईं कहाँ जाँदै हुनुहुन्‍छ?’ भनेर तिमीहरू कसैले पनि सोध्‍दैनौ। मैले यी सबै कुरा भनेका हुनाले तिमीहरूको मन दु:ख र पीरले भरिएको छ। तर साँच्‍चै म तिमीहरूलाई भन्‍छु, म यहाँबाट जानु नै तिमीहरूका लागि फाइदा हुन्‍छ किनभने म गइनँ भने सहायता गर्नुहुने पवित्र आत्‍मा तिमीहरूकहाँ आउनुहुनेछैन। तर म गएँ भने उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। उहाँ आउनुभएपछि संसारका मानिसहरूलाई पाप, सत्यता र परमेश्‍वरको न्‍यायबारे तिनीहरूले भुल गरिरहेका छन् भनी देखाउनुहुनेछ। ममा विश्‍वास नगर्नु नै पाप हो भनी उहाँले तिनीहरूलाई देखाई दिनुहुनेछ। उहाँले परमेश्‍वरको अगाडि केचाहिँ ठीक छ, त्‍यही देखाइदिनुहुन्‍छ किनभने म पिताकहाँ जाँदै छु र फेरि तिमीहरूले मलाई देख्‍नेछैनौ। उहाँले तिनीहरूलाई परमेश्‍वरको न्‍याय के हो, देखाइदिनुहुनेछ किनभने यस संसारको राजा अघि नै दोषी ठहरिसकेको छ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 16 पढ्नुहोस्

यूहन्‍ना 16:5-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“अब म मलाई पठाउनुहुनेकहाँ गइरहेछु, तर ‘तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?’ भनी तिमीहरू कसैले मलाई सोध्‍दैनौ। तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ। तापनि म तिमीहरूलाई सत्‍य कुरा भन्‍दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु। अनि जब उहाँ आउनुहुन्‍छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्‍यायको विषयमा दोषी ठहराउनुहुनेछ। पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्‍वास गर्दैनन्, धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्‍छु, र तिमीहरू मलाई फेरि देख्‍नेछैनौ। र न्‍यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्‍डाज्ञा भइसकेको छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 16 पढ्नुहोस्