YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:4-11

यूहन्‍ना 15:4-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ। “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ। कोही मानिस ममा रहेन भने, त्‍यो हाँगाझैँ बाहिर मिल्‍काइन्‍छ, र त्‍यो सुकिहाल्‍छ। यस्‍ता हाँगाहरू मानिसहरूले बटुल्‍छन्, र आगोमा फालिदिन्‍छन्, र ती जलिहाल्‍छन्‌। तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्‍ने प्रमाणित गर्‍यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो। यदि मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्‍छु। मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्‍द तिमीहरूमा होस्, र तिमीहरूको आनन्‍द भरिपूर्ण होस्‌।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:4-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगा दाखको बोटमा रहिरहेन भने आफैँ फल फलाउन सक्दैन। त्यसै गरी ममा रहिरहेनौ भने तिमीहरूले पनि फल फलाउन सक्दैनौ। “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। यदि कोही ममा रहिरहँदैन भने त्यो हाँगाजस्तै मिल्काइन्छ, र त्यो सुक्छ; त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालिदिइन्छन्, र ती जलाइन्छन्। तर यदि तिमीहरू ममा रहिरह्‍यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ। “पिताले मलाई प्रेम गर्नुभएझैँ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। जसरी मैले मेरा पिताको आज्ञापालन गरेर उहाँको प्रेममा रहिरहन्छु, त्यसरी नै तिमीहरूले पनि मेरा आज्ञापालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहिरहनेछौ। मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्द पूर्ण होस्!

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:4-11 पवित्र बाइबल (NERV)

मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ। “म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ। यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्। यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ। तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ। “म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ। मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:4-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरू ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी हाँगाले बोटमा नरहीकन फल फलाउन सक्‍दैन, त्‍यसरी नै तिमीहरूले पनि ममा नरही फल फलाउन सक्‍दैनौ। “अङ्‌गुरको बोट म नै हुँ र तिमीहरूचाहिँ मेरा हाँगाहरू हौ। जो ममा रहन्‍छ, म पनि उसमा रहन्‍छु र यसरी उसले धेरै फल फलाउँछ। मबिना तिमीहरूले केही पनि गर्न सक्‍दैनौ। ममा नरहने जतिलाई चाहिँ काटिएको हाँगाजस्‍तै गरी फालिनेछ र त्‍यो सुक्‍नेछ अनि त्‍यसलाई बटुलेर आगोमा हालिनेछ। यदि तिमीहरू ममा रह्यौ र मैले भनेका वचनहरू पनि तिमीहरूमा रहे भने तिमीहरूले चाहेका कुरा माग्‍दा पाउनेछौ। धेरै फल फलाएर तिमीहरूले मेरा पितालाई महिमा दिनेछौ र तिमीहरू मेरा चेलाहरू हुनेछौ। “जसरी मेरा पिताले मलाई प्रेम गर्नुहुन्‍छ, त्‍यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्‍छु। त्‍यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्‍यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ। मेरो आनन्‍द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्‍द पूरा होस् भनेर नै मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:4-11

यूहन्‍ना 15:4-11 NNRVयूहन्‍ना 15:4-11 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्