YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:18-25

यूहन्‍ना 15:18-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्‍यसले मलाई घृणा गरेको हो। यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्‍त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्‍दा ठूलो हुँदैन।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्‌। तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्‌। तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्‍दैनन्‌। म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुनेथिएनन्, तर अब त आफ्‍ना पापको निम्‍ति तिनीहरूसँग केही बहाना छैन। जसले मलाई घृणा गर्दछ, त्‍यसले मेरा पितालाई पनि घृणा गर्दछ। यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुनेथिएनन्‌। तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन्‌ र घृणा गरेका छन्‌। तर, व्‍यवस्‍थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:18-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“यदि संसारले तिमीहरूलाई घृणा गर्‍यो भने त्यसले पहिला मलाई नै घृणा गरेको हो भनी सम्झ। तिमीहरू संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नालाई झैँ प्रेम गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। किनकि संसारदेखि अलग रहन मैले तिमीहरूलाई चुनेँ। यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले तिमीहरूलाई भनेका कुरा सम्झ: ‘कुनै पनि सेवक आफ्नो मालिकभन्दा ठूलो हुँदैन।’ यदि तिनीहरूले मलाई सताएका छन् भने तिमीहरूलाई पनि तिनीहरूले सताउनेछन्। तिनीहरूले मेरा शिक्षा सुनेका भए, तिमीहरूका शिक्षा पनि सुन्‍नेथिए। मेरो नामको कारणले गर्दा तिनीहरूले तिमीहरूलाई यस्तो व्यवहार गर्नेछन्। किनकि मलाई पठाउनुहुनेलाई तिनीहरूले चिन्दैनन्। म आएर तिनीहरूलाई नभनेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्; तर अब आफ्ना पापको निम्ति तिनीहरूसँग कुनै बहाना छैन। मलाई घृणा गर्नेले मेरा पितालाई पनि घृणा गर्दछ। पहिला अरू कसैले नगरेका कामहरू मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी ठहरिने थिएनन्। तर अब तिनीहरूले यी अचम्मका कामहरू देखेका छन्, तापनि म र पिता हामी दुवैलाई तिनीहरूले घृणा गरेका छन्। तर तिनीहरूका व्यवस्थामा लेखिएको यो कुरा पूरा हुनलाई यसो भएको हो: ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:18-25 पवित्र बाइबल (NERV)

“यदि यो संसारले तिमीहरूलाई घृणा गर्छ भने याद गर कि संसारले मलाई प्रथम घृणा गर्यो भनेर। यदि तिमीहरू संसारकै थियौ भने तिमीहरूलाई उसकै आफ्नै मानिसहरू सरह प्रेम गर्ने नै छ। तर मैले तिमीहरूलाई संसारबाट छानें। यसैले तिमीहरू संसारसँग सम्बन्धित छैनौ। यसैकारणले संसारले तिमीहरूलाई घृणा गर्दछ। “मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नोकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्। मानिसहरूले यी सबै कुराहरू मेरो कारणले गर्दा तिमीहरूलाई गर्नेछन्। उहाँलाई तिनीहरूले चिन्दैनन् जसले मलाई पठाउनु भयो। यदि म नआएको भए र संसारका मानिसहरूलाई नबताएको भए तब तिनीहरू पापका-दोषी हुने थिएनन्। तर अब मैले तिनीहरूलाई जनाएँ र अब तिनीहरू पापबाट माफी हुने छैन। “जसले मलाई घृणा गर्दछ, उसले मेरो पितालाई पनि घृणा गर्दछ। मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्। तर यस्तो भयो किनकि उनीहरूको व्यवस्थामा लेखिएको कुरा सत्य हुने भयोः यस्तो लेखिएको छ ‘कुनै कारण बिना नै तिनीहरूले मलाई घृणा गरे।’

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:18-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“मानिसहरूले तिमीहरूलाई हेला गरे भने तिमीहरूलाई भन्दा पहिले मलाई नै हेला गरेका थिए भनी याद गर। यदि तिमीहरू संसारका मानिस भएका भए तिनीहरूले तिमीहरूलाई आफ्‍ना सम्‍झेर प्रेम गर्नेथिए। तर मैले त तिमीहरूलाई यस संसारबाट छानेको हुँ। त्‍यसकारण तिमीहरू यस संसारका होइनौ र संसारले तिमीहरूलाई हेला गर्छ। ‘नोकर मालिकभन्दा ठूलो हुँदैन’ भनेर मैले भनेको यो कुरा सम्‍झ। तिनीहरूले मेरो खेदो गरे भने तिमीहरूको पनि गर्नेछन्। त्‍यसरी नै तिनीहरूले मेरो आज्ञापालन गरे भने तिमीहरूले भनेको पनि मान्‍नेछन्। मेरो नाउँको कारणले तिमीहरूलाई सताउनेछन् किनभने तिनीहरू मलाई पठाउनुहुने पितालाई चिन्‍दैनन्। “यदि म आएर नभनिदिएको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर अब तिनीहरूलाई बहाना गर्ने कुनै ठाउँ नै छैन। मलाई हेला गर्नेले मेरो पितालाई पनि हेला गर्छ। अरू कसैले कहिल्‍यै नगरेको शक्तिशाली कामहरू मैले तिनीहरूको बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिएनन्। तर मैले गरेका अचम्‍मका कामहरू देखेर पनि तिनीहरूले मलाई र मेरा पितालाई समेत हेला गर्छन्। तर तिनीहरूकै व्यवस्थामा लेखिएको यो कुरा पूरा होस् भनेर नै यी सबै हुन आएका हुन्, जसरी लेखिएको छ– ‘कारणैबिना तिनीहरूले मलाई हेला गरे।’

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्