YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 15:1-14

यूहन्‍ना 15:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्‍छ। ममा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन उहाँले त्‍यसलाई छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढ़ी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ। मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ। “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ। कोही मानिस ममा रहेन भने, त्‍यो हाँगाझैँ बाहिर मिल्‍काइन्‍छ, र त्‍यो सुकिहाल्‍छ। यस्‍ता हाँगाहरू मानिसहरूले बटुल्‍छन्, र आगोमा फालिदिन्‍छन्, र ती जलिहाल्‍छन्‌। तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ। तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्‍ने प्रमाणित गर्‍यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ। “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो। यदि मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्‍छु। मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्‍द तिमीहरूमा होस्, र तिमीहरूको आनन्‍द भरिपूर्ण होस्‌। “मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्‍यसरी नै प्रेम गर। आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन। म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्‍यौ भने, तिमीहरू मेरा मित्र हौ।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:1-14 नेपाली समकालीन संस्करण (NCV)

येशूले भन्‍नुभयो, “साँचो दाखको बोट म नै हुँ, र मेरा पिताचाहिँ किसान हुनुहुन्छ। ममा फल नफल्ने प्रत्येक हाँगालाई उहाँले काटिदिनुहुन्छ, तर फल्ने हाँगाहरूलाई अझ बढी फलोस् भनेर उहाँले छिँवल्नुहुन्छ। मैले तिमीहरूसँग बोलेका वचनले तिमीहरू शुद्ध भइसकेका छौ। ममा रहो, र म तिमीहरूमा रहनेछु। कुनै पनि हाँगाले आफै फल फलाउन सक्दैन, त्यो हाँगा दाखको बोटमा नै रहनुपर्छ। त्यसै गरी ममा नरहेसम्म तिमीहरूले पनि फल फलाउन सक्दैनौ। “दाखको बोट म नै हुँ; अनि तिमीहरू हाँगाहरू हौ। यदि कुनै मानिस ममा रहन्छ, र म त्यसमा रहन्छु भने त्यसले धेरै फल फलाउँछ। मबाट अलग रहेर तिमीहरूले केही गर्न सक्दैनौ। यदि कोही ममा रहिरहँदैन भने त्यो मिल्काइने, र सुक्ने हाँगाजस्तै हो, त्यस्ता हाँगाहरूलाई टिपेर आगोमा फालि जलाइन्छन्। तर यदि तिमीहरू ममा रहिरह्‍यौ र मेरा वचन तिमीहरूमा रहिरहे भने तिमीहरूले चिताएको जे पनि माग, र त्यो दिइनेछ। तिमीहरू मेरा चेलाहरू हौ भनी देखाउन धेरै फल फलायौ भने, त्यसबाट मेरा पितालाई ठूलो महिमा मिल्नेछ। “पिताले मलाई प्रेम गर्नुभएझैं, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब मेरो प्रेममा रहिरहो। मेरा आज्ञा तिमीहरूले मान्यौ भने, तिमीहरू मेरो प्रेममा रहेका हुन्छौ, जसरी मैले पनि मेरा पिताको आज्ञा मानेर उहाँको प्रेममा रहेको छु। मेरो आनन्द तिमीहरूमा रहोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ, ताकि तिमीहरूको आनन्दपूर्ण होस्। मेरो आज्ञा यही हो: एक-अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो जीवन आफ्ना मित्रहरूका लागि अर्पण गर्नुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन। यदि तिमीहरूले मेरो आज्ञा मान्यौ भने, तिमीहरू मेरा मित्रहरू हौ।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:1-14 पवित्र बाइबल (NERV)

येशूले भन्नुभयो, “म साँच्चो दाखको बोट हुँ, मेरो पिता माली हुनुहुन्छ। म मेरो प्रत्यके हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिनदिनु हुन्छ। अनि उहाँले प्रत्येक हाँगाहरू छाँस्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन, सकोस्; त्यसो गर्दा यसले अझ बढता फल दिनेछ। मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिल्यै शुद्ध भइसकेकाछौ। मभित्र बस, म तिमीहरूभित्र रहनेछु। कुनै पनि एक्लो हाँगाले फल दिंदैन। त्यो मूल बोटमा अतर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ। तिमीहरू एक्लै फल फलाउन सक्तैनौ। तिनीहरू ममा हुनु पर्छ। “म दाखको बोट हुँ र तिमीहरू त्यसका हाँगाहरू हौ। यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ। किनभने म बिना तिमीले केही गर्न सक्तैनौ। यदि कोही ममा रहँदैन भने तब ऊ त्यो हाँगा जस्तो हुन्छ जो फ्याँकिएर जान्छ। त्यो हाँगा मर्दछ। मानिसहरूले त्यस्तो मरेको हाँगाहरू टिपेर आगोमा हालिदिन्छन् र तिनीहरू जल्छन्। यदि तिमीहरू ममा रह्यौ र मेरो वचनहरू तिमीहरूमा रह्यो भने तब तिमी जे पनि चाहन्छौ माग अनि त्यो तिमीलाई दिइनेछ। तिमीले अधिक फलहरू फलाऊ र सिद्ध गर कि तिमीहरू मेरा चेलाहरू हौ। यसले मेरो पितालाई महिमा दिदँछ। “म तिमीहरूलाई प्रेम गर्दछु जसरी मलाई पिताले गर्नुहुन्छ। अब मेरो प्रेममा निरन्तर रहौ। मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गर्यो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ। मैले यी कुराहरू भनिसकेकोछु, यसैले तिमीहरूले त्यस्तै आनन्द पाउन सक्नेछौ जुन मसँग छ। म तिमीहरूको आनन्द एक पूर्ण आनन्द भएको देख्नु चाहन्छु। यसैकारणले म तिमीहरूलाई आज्ञा गर्दछुः एकअर्कामा प्रेम गर जसरी मैले तिमीहरूलाई प्रेम गरें। महान प्रेम त्यस मानिसले देखाउन सक्छ जसले आफ्नो मित्रको लागि आफ्नो जीवन बलिदान दिनसक्छ। तिमीहरू मेरा मित्र हौ यदि तिमीहरूले मेरो आज्ञ अनुसार काम गरयौ भने।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“साँचो अङ्‌गुरको बोट म नै हुँ अनि मेरा पिताचाहिँ बोटको हेरचाहा गर्ने किसान हुनुहुन्‍छ। ममा भएका नफलाउने हाँगाहरूलाई उहाँले छाँट्‍नुहुन्‍छ, तर फलाउनेहरूलाई अझै धेरै फलाऊन् भनेर छिमल्‍नुहुन्‍छ। हेरचाहा गर्ने किसानले हाँगालाई छिमलेर सफा गरेजस्‍तै मैले भनेका यी वचनहरूले तिमीहरूलाई शुद्ध गरिसकेको छ। तिमीहरू ममा रहो र म तिमीहरूमा रहनेछु। जसरी हाँगाले बोटमा नरहीकन फल फलाउन सक्‍दैन, त्‍यसरी नै तिमीहरूले पनि ममा नरही फल फलाउन सक्‍दैनौ। “अङ्‌गुरको बोट म नै हुँ र तिमीहरूचाहिँ मेरा हाँगाहरू हौ। जो ममा रहन्‍छ, म पनि उसमा रहन्‍छु र यसरी उसले धेरै फल फलाउँछ। मबिना तिमीहरूले केही पनि गर्न सक्‍दैनौ। ममा नरहने जतिलाई चाहिँ काटिएको हाँगाजस्‍तै गरी फालिनेछ र त्‍यो सुक्‍नेछ अनि त्‍यसलाई बटुलेर आगोमा हालिनेछ। यदि तिमीहरू ममा रह्यौ र मैले भनेका वचनहरू पनि तिमीहरूमा रहे भने तिमीहरूले चाहेका कुरा माग्‍दा पाउनेछौ। धेरै फल फलाएर तिमीहरूले मेरा पितालाई महिमा दिनेछौ र तिमीहरू मेरा चेलाहरू हुनेछौ। “जसरी मेरा पिताले मलाई प्रेम गर्नुहुन्‍छ, त्‍यसरी नै मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। अब तिमीहरू मेरो प्रेममा रहिरहो। मचाहिँ मेरा पिताको आज्ञापालन गरेर पिताको प्रेममा रहिरहन्‍छु। त्‍यसै गरी तिमीहरूले मेरो आज्ञापालन गर्‍यौ भने तिमीहरू पनि मेरो प्रेममा रहिरहनेछौ। मेरो आनन्‍द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्‍द पूरा होस् भनेर नै मैले तिमीहरूलाई यी कुराहरू भनेको हुँ। “मेरो आज्ञा यही हो– जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्‍यसरी नै तिमीहरू पनि एकले अर्कालाई प्रेम गर। साथीको निम्‍ति आफ्‍नो प्राण दिनु नै सबैभन्दा ठूलो प्रेम हो, योभन्दा ठूलो प्रेम त अरू केही छैन। यदि तिमीहरूले मेरो आज्ञापालन गरिरह्यौ भने तिमीहरू मेरा साथी हौ।

शेयर गर्नुहोस्
यूहन्‍ना 15 पढ्नुहोस्

यूहन्‍ना 15:1-14

यूहन्‍ना 15:1-14 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्