यूहन्ना 14:6-7
यूहन्ना 14:6-7 पवित्र बाइबल (NERV)
येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।”
यूहन्ना 14:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि उसो उहाँलाई चिन्दछौ, र उहाँलाई देखेका छौ।”
यूहन्ना 14:6-7 नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पिताकहाँ आउन सक्दैन। यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, अनि उहाँलाई देखेका पनि छौ।”
यूहन्ना 14:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्न सक्दैन। तिमीहरूले मलाई साँचो रूपमा चिनेको भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि तिमीहरूले मेरा पितालाई चिन्नेछौ किनभने तिमीहरूले उहाँलाई देखिसकेका छौ।”