यूहन्ना 13:6-10
यूहन्ना 13:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरा गोडा धुने?” येशूले तिनलाई जवाफ दिनुभयो, “म के गर्दैछु तिमी अहिले जान्दैनौ, तर पछि बुझ्नेछौ।” पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै धुनुहुनेछैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “मैले धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन।” सिमोन पत्रुसले उहाँलाई भने, “हे प्रभु, मेरा गोडा मात्र होइन, तर मेरा हात र शिरसमेत धोइदिनुहोस्।” येशूले तिनलाई भन्नुभयो, “नुहाइसकेको मानिसलाई गोडाबाहेक अरू केही धुनुपर्दैन, त्यो सम्पूर्ण शुद्ध छ। अनि तिमीहरू शुद्ध छौ, तर सबै त होइन।”
यूहन्ना 13:6-10 नेपाली समकालीन संस्करण (NCV)
जब उहाँ सिमोन पत्रुसकहाँ आउनुभयो, तब तिनले उहाँलाई भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुनुहुन्छ?” येशूले भन्नुभयो, “मैले जे गरिरहेछु यसको अर्थ तिमीहरूले अहिले बुझ्दैनौ, तर पछि बुझ्नेछौ।” पत्रुसले इन्कार गर्दै भने, “हुँदैन, तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले जवाफ दिनुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो केही भाग रहनेछैन।” सिमोन पत्रुसले भने, “प्रभु, त्यसो भए मेरो खुट्टा मात्र होइन, मेरो हात र शिर पनि धोइदिनुहोस्।” येशूले जवाफ दिनुभयो, “सम्पूर्ण शरीर नुहाइसकेकाहरूका निम्ति खुट्टा मात्रै धुन आवश्यक हुन्छ, उसको पूरै शरीर शुद्ध छ। अब तिमीहरू शुद्ध भयौ, तर यहाँ भएका जम्मै त होइनन्।”
यूहन्ना 13:6-10 पवित्र बाइबल (NERV)
येशू शिमोन पत्रुस कहाँ आउनु भयो। तर पत्रुसले येशूलाई भने, “प्रभु, मेरो खुट्टा धुनु पर्दैन।” येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझ्ने छौं।” पत्रुसले भने, “अँहँ! तपाईंले मेरो खुट्टा कहिल्यै धुनुहुँदैन।” येशूले भन्नुभयो, “यदि मैले तिम्रो खुट्टा धोइनँ भने, मसँग तिम्रो कुनै अंश रहने छैन।” शिमोन पत्रुसले भने, “प्रभु, मेरो खुट्टामात्र होइन, मेरो हात र टाउँको पनि धोइदिनु होस्।” येशूले भन्नुभयो, “नुहाइसके पछि एक मानिस सम्पूर्ण रूपले सफा हुँदछ। उसको खुट्टामात्र धुनु पर्दछ। तिमीहरू सबैजना शुद्ध छौ तर कोही कोही मात्र छैनौ।”
यूहन्ना 13:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सिमोन पत्रुसको खुट्टा धुन आँट्दा पत्रुसले भने, “प्रभु, के तपाईंले मेरो खुट्टा धुन लाग्नुभएको?” येशूले पत्रुसलाई भन्नुभयो, “अहिले म के गर्दै छु, तिमीले बुझ्दैनौ। तर पछिचाहिँ तिमीले बुझ्नेछौ।” पत्रुसले भने, “तपाईंले मेरो खुट्टा कहिल्यै पनि धुनुहुँदैन!” येशूले भन्नुभयो, “मैले तिम्रो खुट्टा धोइनँ भने तिमी मेरो चेला नै हुँदैनौ।” तब सिमोन पत्रुसले भने, “त्यसो हो भने प्रभु, मेरो खुट्टा मात्रै होइन, तर हात र टाउकोसमेत धोइदिनुहोस्।” येशूले भन्नुभयो, “नुहाइसकेको मानिसले खुट्टाबाहेक अरू केही धुनुपर्दैन किनभने ऊ शुद्ध भएको छ। तिमीहरू त शुद्ध भइसकेका छौ, तर सबैचाहिँ होइन।”