यूहन्ना 12:31-36
यूहन्ना 12:31-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब यस संसारको न्याय हुन्छ। यस संसारको शासक बाहिर फालिनेछ। अनि जब म पृथ्वीबाट उचालिन्छु, म सबै मानिसलाई आफूतिर खिँच्नेछु।” उहाँको मृत्यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्नुभएको थियो। भीड़ले उहाँलाई सोध्यो, “ख्रीष्ट सदासर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौं। तपाईं कसरी भन्न सक्नुहुन्छ, मानिसको पुत्र उचालिनैपर्छ? यो मानिसको पुत्रचाहिँ को हो?” येशूले तिनीहरूलाई भन्नुभयो, “अझ अलि बेरसम्म ज्योति तिमीहरूसँग छ। ज्योति तिमीहरूसँग छउञ्जेल हिँड्डुल गर, ताकि अन्धकारले तिमीहरूलाई नढाकोस्। कोही अन्धकारमा हिँड्डुल गर्छ भने, त्यसले आफू कहाँ गइरहेछु, सो थाहा पाउँदैन। जबसम्म ज्योति तिमीहरूसँग छ ज्योतिमा विश्वास गर, र तिमीहरू ज्योतिका सन्तान होओ।” यी कुरा भन्नुभएपछि, येशू त्यहाँबाट जानुभयो, र तिनीहरूबाट लुकेर बस्नुभयो।
यूहन्ना 12:31-36 पवित्र बाइबल (NERV)
अब संसार (दुष्ट) को न्याय गर्ने बेला आयो। अब यस संसारको शासक फ्याँकिनेछ। म पृथ्वीबाट उचालिनेछु। अनि जब यस्तो हुँदछ, म सबै मानिसहरूलाई मकहाँ ल्याउनेछु।” उहाँको मृत्यु कुन प्रकारले हुनेछ त्यो संकेत दिनलाई उहाँले त्यसो भन्नुभयो। मानिसहरूले भने, “तर हाम्रा व्यवस्थाले भन्छ ख्रीष्ट अनन्त बाँच्नेछ यसर्थ तपाईं कसरी भन्नुहुन्छ, मानिसको पुत्र उचालिनु पर्छ? यो ‘मानिसको पुत्र’ भनेको को हो?” तब येशूले भन्नुभयो, “ज्योति अझ केही समयको लागि तिमाहरूसँग रहनेछ। यसर्थ जति वेला सम्म उज्यालो छ त्यति वेला सम्म हिडडुल गर ताकि अँध्यारोले तिमीहरूलाई समात्ने छैन। जो मानिस अन्धकारमा हिंडछ उसले ऊ कहाँ गई रहेछ थाहा पाउँदैन। यसर्थ ज्योति जब सम्म तिमीहरूसँग रहन्छ त्यसमा विश्वास राख। तब तिमीहरू ज्योतिको सन्तानहरू हुनेछौ।” यति भनिसकेर येशू जानुभयो। येशू त्यस्तो जग्गामा जानु भयो जहाँ कसैले उहाँलाई भेट्न सक्तैन।
यूहन्ना 12:31-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब संसारलाई दोषी ठहराउने बेला आइसक्यो। अब यस संसारको राजालाई निकालिनेछ अनि म पृथ्वीबाट उचालिएपछि सबै मानिसहरूलाई आफूतिर खिच्नेछु।” यो कुरा भन्दा आफू कुन प्रकारले मर्नुपर्ने हो भनेर येशूले बताउनुभयो। मानिसहरूले भने, “हाम्रो व्यवस्थाले ‘ख्रीष्ट त सधैँ बाँचिरहनुहुनेछ’ भनेर भन्छ। तर मानव पुत्रलाई उचालिनुपर्छ भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ? तपाईंले भन्नुभएको मानव पुत्रचाहिँ को हो?” येशूले जवाफ दिनुभयो, “उज्यालोचाहिँ अझै केही बेरसम्म तिमीहरूको बीचमा रहनेछ। उज्यालो तिमीहरूसँग रहुञ्जेल आफ्नो बाटोमा हिँड नत्र अन्धकारले तिमीहरूलाई ढाक्नेछ। अँध्यारोमा हिँड्नेले आफू कता जाँदै छु भनी थाहा पाउँदैन। तिमीहरूसँग उज्यालो रहँदा नै त्यसमा तिमीहरूले विश्वास गर र तिमीहरू ज्योतिका सन्तान हुनेछौ।” यति भनिसकेपछि येशू त्यहाँबाट जानुभयो र तिनीहरूबाट लुक्नुभयो।
यूहन्ना 12:31-36 नेपाली समकालीन संस्करण (NCV)
अब संसारको न्यायको समय आइपुगेको छ, अब यस संसारको शासक बाहिर फालिनेछ। यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।” उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्ने सङ्केत गर्न उहाँले यसो भन्नुभएको थियो। भीडले प्रश्न गर्यो, “हामीले ख्रीष्ट सदा-सर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट सुनेका थियौं। त्यसो हो भने ‘मानिसका पुत्र उचालिनुपर्छ’ भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? यो ‘मानिसका पुत्र’ भनेको को हुन्?” येशूले तिनीहरूलाई भन्नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अघि नै हिँड्डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्ने थाहा पाउँदैन। तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्नेछौ।” यति भनिसक्नुभएपछि येशू जानुभयो र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।