यूहन्ना 12:23-26
यूहन्ना 12:23-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मानिसको पुत्रको महिमित हुने समय आइपुगेको छ। साँच्चै, म तिमीहरूलाई भन्दछु, गहूँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ। तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणको मोह गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ ठान्नेले चाहिँ अनन्त जीवनको लागि त्यो सुरक्षित राख्छ कसैले मेरो सेवा गर्छ भने त्यसले मलाई पछ्याओस् र म जहाँ छु, मेरो सेवक पनि त्यहाँ हुनेछ। कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको कदर गर्नुहुनेछ।
यूहन्ना 12:23-26 नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ। म तिमीहरूलाई साँच्चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ; र म जहाँ छु, मेरा सेवकहरू पनि त्यहाँ हुनैपर्छ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
यूहन्ना 12:23-26 पवित्र बाइबल (NERV)
येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई महिमा ग्रहण गर्ने बेला आइपुग्यो। म तिमीहरूलाई साँच्चो भन्दछु। गहुँको दाना भूइँमा झर्नु पर्छ अनि मर्छ। तब यो बढछ र धेरै बीऊहरू उब्जाउँछ। तर यो मरेन भने यो सधैँ खालि एउटै बीऊ मात्र रहन्छ। जसले आफ्नो प्राणको माया गर्दछ उसले प्राण गुमाउँदछ। तर जसले आफ्नो प्राणलाई घृणा गर्दछ यस संसारमा उसले अनन्त जीवन पाउँदछ। जसले मेरो सेवा गर्दछ उसले मलाई पछ्याउनु नै पर्छ। तब मात्र मेरा सेवक म जहाँ-जहाँ हुँदछु त्यतै मसँग हुँदछ। मेरो पिताले तिनीहरूलाई सम्मान दिनुहुनेछ जसले मेरो सेवा गर्छन्।
यूहन्ना 12:23-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले उनीहरूलाई जवाफ दिनुभयो, “अब मानव पुत्रको महिमा हुने बेला आइपुग्न लागेको छ। तर साँच्चै म तिमीहरूलाई भन्छु, गहुँको दाना जमिनमा परेर मरेन भने त्यो त्यतिकै रहन्छ। तर जमिनमा परेर मर्यो भने त्यसले धेरै अन्न उब्जाउँछ। त्यसै गरी आफ्नो जीवनलाई ज्यादै माया गर्नेले जीवन गुमाउँछ। तर आफ्नो जीवनलाई संसारमा तुच्छ ठान्नेले चाहिँ त्यसलाई अजम्मरी जीवनसम्म जोगाइराख्नेछ। मेरो काम गर्न चाहनेले मलाई पछ्याउनुपर्छ। जहाँ-जहाँ म हुन्छु, त्यहीँ नै मेरो काम गर्ने पनि हुनेछ। मेरो पिताले मेरो काम गर्नेलाई कदर गर्नुहुनेछ।”