यूहन्ना 12:17-19
यूहन्ना 12:17-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे। उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो। तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
यूहन्ना 12:17-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुहुँदा र तिनलाई मृत्युबाट जीवित पार्नुहुँदा उहाँसँग रहने भीडले यो खबर फैलाइ नै रहे। यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए। किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए। त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौँ; हामी असफल भयौँ! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
यूहन्ना 12:17-19 पवित्र बाइबल (NERV)
जब येशूले लाजरसलाई चिहानबाट जगाऊनु भयो अनि तिनलाई चिहानबाट बोलाउनु भयो त्यसवेला त्यहाँ धेरै मानिहरू येशूसँग थिए। अब ती मानिसहरूले येशूले के गर्नुभयो अरूहरूलाई बताउन थाले। धेरै मानिसहरू येशूलाई हेर्न भनेर बाहिर निस्के कारण तिनीहरूले सुनेका थिए कि येशूले चमत्कार पूर्ण कार्यहरू गर्नु भएको थियो। यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”
यूहन्ना 12:17-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले मरेको लाजरसलाई चिहानबाट बोलाएर जिउँदो गराउनुभएको देख्ने मानिसहरूले यो कुरा भएको हो भनी फैल्याइरहेका थिए। त्यसैले मानिसहरूले त्यो शक्तिशाली कामको बारेमा सुनेका हुनाले येशूलाई स्वागत गर्न त्यत्रो ठूलो भीड आएको थियो। फरिसीहरूले आपसमा भने, “खै, हामीले केही गर्न सकेनौँ। हेर त, सबै दुनियाँ नै उसको पछि लागिसकेछ।”