यूहन्ना 12:12-15
यूहन्ना 12:12-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भोलिपल्ट निस्तार भन्ने चाडमा आएका ठूलो भीडले येशू यरूशलेममा आउँदै हुनुहुन्छ भनेको सुने। तिनीहरू खजुरका हाँगा लिएर यसो भन्दै उहाँलाई स्वागत गर्न आए, “जय होस्! जय-जयकार होस्!! प्रभु परमेश्वरको नाउँमा आउनुहुने इस्राएलका महाराजा कति धन्य हुनुहुन्छ।” येशू एउटा गधाको बछेडो भेटाएर त्यसैमा चढेर आउनुभयो। यस बारेमा धर्मशास्त्रमा पनि यसरी लेखिएको छ– हे यरूशलेमका बासिन्दाहरू हो, नडराओ! हेर, तिमीहरूका महाराजा गधाको बछेडोमा चढेर आउँदै हुनुहुन्छ! (जकरिया ९:९)
यूहन्ना 12:12-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो, र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के, “होसन्ना! धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!” अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ, “सियोनकी छोरी, नडराऊ। हेर, तिम्रा राजा गधाको बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्छ।”
यूहन्ना 12:12-15 नेपाली समकालीन संस्करण (NCV)
भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्ने खबर सुने। तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए। “होसन्ना!” “उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!” “इस्राएलका राजा धन्यका हुन्!” अनि येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि बस्नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो: “ए यरूशलेमका मानिसहरूहो, नडराओ, हेर, तिम्रा राजा, गधाको बछेडामाथि चढेर आउँदै हुनुहुन्छ।”
यूहन्ना 12:12-15 पवित्र बाइबल (NERV)
अर्को दिन येशू यरूशलेमतिर आइरहनु भएकोछ भनेर त्यकहाँका मानिसहरूले सुने। तिनीहरूमा धेरै जसो यहूदीहरूको निस्तार चाडमा आउनेहरू थिए। मानिसहरूले खजुरका हाँगाहरू लिए अनि येशूलाई स्वागत गर्न निस्के। मानिसहरू कराए, “‘उहाँको प्रशंसा गर!’ ‘स्वागत् गर! परमेश्वरले उहाँलाई आशीर्वाद गरून्, जो परमप्रभुको नाउँमा आउनु हुँदैछ!’ परमेश्वरले इस्राएलका राजालाई आशीष दिनुहुन्छ!” येशूले एउटा गधा पाउनु भयो र त्यसमा चढ़नु भयो। यो धर्मशास्त्रमा भने जस्तै भयो, “हे सियोन शहर नडराऊ! हेर! तिम्रो राजा आइरहेछ। उनी गधाको बछेड़ामाथि चडेर आइरहेका छन्।”