यूहन्ना 10:6-10
यूहन्ना 10:6-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, भेड़ाहरूको ढोका मै हुँ। मभन्दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेड़ाहरूले तिनीहरूका कुरा सुनेनन्। ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।
यूहन्ना 10:6-10 नेपाली समकालीन संस्करण (NCV)
येशूले यो दृष्टान्तको प्रयोग गर्नुभयो, तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्छ भनी तिनीहरूले बुझेनन्। त्यसकारण येशूले फेरि भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, भेडाहरूका ढोका म नै हुँ। मभन्दा अघि आउनेहरू सबै चोर र डाँकूहरू थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। ढोका म नै हुँ, जो मद्वारा भित्र पस्छ, ऊ बचाइनेछ; ऊ भित्र र बाहिर आउने जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ। चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ, म ता तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएँ।
यूहन्ना 10:6-10 पवित्र बाइबल (NERV)
यसरी येशूले मानिसहरूलाई एउटा कथा सुनाउनु भयो। तर त्यस कथाको तात्पर्य के हो तिनीहरूले बुझेनन्। येशूले फेरि भन्नुभयो, “म साँच्चो भन्दछु। म भेंडा़हरूको लागि ढोका हुँ। जो मेरो अघि आए, तिनीहरू सबै चोरहरू र डाकूहरू हुन्। भेंडा़ले तिनीहरूलाई ध्यान दिएनन्। म ढोका हुँ। जुन मानिस मद्वारा पस्दछ ऊ जोगिन्छ। त्यो मानिस भित्र आउने र बाहिर जाने योग्य हुँदछ। उसले चाहेको जति सबै कुराहरू पाउनेछ। एक चोर चोर्न, मार्न र ध्वंस गर्न मात्र आउँदछ। तर म जीवन-दान गर्न आएँ-त्यस्तो जीवन जुन पूर्ण र असल छ।
यूहन्ना 10:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले यो कुरा दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभएको थियो। तर सुन्नेहरूले उहाँले भन्नुभएको कुराको अर्थ बुझेनन्। त्यति बेला येशूले फेरि भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, भेडाको गोठमा पस्ने ढोका म नै हुँ। मभन्दा पहिले आउने सबै चोर र डाकु थिए, तर भेडाहरूले तिनीहरूका कुरा सुनेनन्। गोठमा पस्ने ढोकाचाहिँ म नै हुँ, मबाट भित्र पस्नेहरू सबै बाँच्नेछन्। उनीहरू भित्र-बाहिर आउने-जाने गर्नेछन् र खर्कमा चर्न पाउनेछन्। चोर त चोर्न, मार्न र नाश गर्नलाई मात्र आउँछ। तर मचाहिँ तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भनेर आएको हुँ।