यूहन्ना 10:29-33
यूहन्ना 10:29-33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्। पिता र म एक हौं।” यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए। येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ?” यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ।”
यूहन्ना 10:29-33 नेपाली समकालीन संस्करण (NCV)
मेरा पिता जसले ती सबै मलाई दिनुभयो; जो सबैभन्दा महान् हुनुहुन्छ, तिनीहरूलाई कसैले पनि मेरा पिताको हातबाट खोसेर लैजान सक्दैन। म र पिता एक हौं।” यहूदीहरूले फेरि उहाँलाई हान्नलाई भनी ढुङ्गाहरू टिपे। तर येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै ठूला आश्चर्य कर्महरू देखाएँ। तीमध्ये कुन कामको कारण मलाई ढुङ्गाले हान्छौ?” ती यहूदीहरूले जवाफ दिए, “यीमध्ये कुनै पनि कामका कारण हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर परमेश्वरको निन्दा गरेको कारण, किनकि तिमी केवल मानिस भएर पनि परमेश्वर भएको दाबी गर्छौ।”
यूहन्ना 10:29-33 पवित्र बाइबल (NERV)
मेरा पिताले मेरो भेंडा़ मलाई दिनु भयो। उहाँ सबैभन्दा महान हुनुहुन्छ। कसैले पनि मेरो पिताको हातबाट भेंडा़ खोसेर लान सक्तैन। पिता र म एकै हौं।” फेरि यहूदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे। तर येशूले तिनीहरूलाई भन्नुभयो, “मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु। ती चीजहरू मध्ये कुन चाँहि कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छौ?” यहूदीहरूले भने, “तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौं। तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरूद्ध छन्। तिमी खाली मान्छे मात्र हौ, तर तिमी भन्छौ तिमी परमेश्वर समान हौ। त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हौं।”
यूहन्ना 10:29-33 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिनीहरूलाई मेरो जिम्मामा दिनुहुने मेरा पिताचाहिँ सबैभन्दा महान् हुनुहुन्छ अनि मेरा पिताको हातबाट त झन् तिनीहरूलाई कसैले पनि खोस्न सक्दैन। पिता र म एकै हौं।” यो सुनेर यहूदी अगुवाहरूले फेरि येशूलाई हान्न ढुङ्गा टिपे। तर येशूले तिनीहरूलाई भन्नुभयो, “पिताले अह्राउनुभएको धेरै असल काम मैले तिमीहरूको अगाडि गरेको छु। ती काममध्ये कुनचाहिँ कामको लागि तिमीहरूले मलाई ढुङ्गाले हान्न खोजेका हौ?” यहूदी अगुवाहरूले भने, “हामीले तँलाई तेरो राम्रो कामको लागि ढुङ्गाले हान्न खोजेका होइनौं, तर तैँले परमेश्वरको निन्दा गरिस्। त्यसैको लागि नै हान्न खोजेका हौं। तँ मानिस भएर पनि आफैंलाई परमेश्वर बनाउन खोज्छस्।”