यूहन्ना 1:1-3
यूहन्ना 1:1-3 नेपाली समकालीन संस्करण (NCV)
आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। आदिमा उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो। सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये केही पनि उहाँविना बनिएन।
यूहन्ना 1:1-3 पवित्र बाइबल (NERV)
संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसँग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। उहाँको वचन शुरूमा परमेश्वसँग हुनुहुन्थ्यो। र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।
यूहन्ना 1:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
यूहन्ना 1:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सृष्टि हुनुभन्दा अघि नै वचन हुनुहुन्थ्यो। वचन परमेश्वरसँग हुनुहुन्थ्यो र वचन परमेश्वर नै हुनुहुन्थ्यो। उहाँ सृष्टि हुनुभन्दा अघि परमेश्वरसँगै हुनुहुन्थ्यो। वचनद्वारा नै परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो। सृष्टि भएका कुनै थोक पनि उहाँबिना बनिएन।