यर्मिया 9:7-9
यर्मिया 9:7-9 पवित्र बाइबल (NERV)
सेनाहरूका परमप्रभु भन्नहुन्छ, “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु। मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे। यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन्, तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्। मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।” यो परमेश्वरबाट आएको सन्देश हो, “के मैले यसप्रकारको जातिलाई सजाय दिनु पर्दैन?”
यर्मिया 9:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म सुन-चाँदी खारेझैँ मेरा प्रजालाई खार्नेछु र तिनीहरूको जाँच गर्नेछु। मेरा प्रजाले खराबी गरेका छन्। यसकारण म तिनीहरूसित अरू के गरूँ? “तिनीहरूका जिब्रा विषालु काँडझैँ छन्, तिनीहरूले सधैँ झूट बोल्दछन्। हरेकले आफ्नो छिमेकीसित मुखले त मीठो कुरा गर्छ तर मनले चाहिँ पासो थाप्छ। के म यी कुराका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो जातिमाथि म साटो नफेरूँ? म परमप्रभु बोलेको छु।”
यर्मिया 9:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्नेछु, किनकि मेरो प्रजाकै पापको कारण म अरू के गर्न सक्छु र? तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्यसले छलको कुरा बोल्दछ। हरेकले आफ्नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्यसको विरुद्ध ढुकेर पासो थाप्दछ। के यसैको निम्ति म तिनीहरूलाई दण्ड नदिऊँ?” परमप्रभु भन्नुहुन्छ। “के यस्तो जातिलाई म दण्ड नदिऊँ?”
यर्मिया 9:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु; किनकि मेरा मानिसहरूका पापको निम्ति म अरू के गर्न सक्छु र? तिनीहरूका जिब्रा घातक काँड हुन्; ती जिब्राले छलको कुरा बोल्दछन्। तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्, तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।” याहवेह घोषणा गर्नुहुन्छ, “के म यस्तो पापका निम्ति तिनीहरूलाई दण्ड नदिऊँ? के यस्तो राष्ट्रसँग, म बदला नलिऊँ?”