यर्मिया 45:3-4
यर्मिया 45:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले भनिस्, ‘धिक्कार मलाई! किनकि परमप्रभुले मेरो दु:खमाथि दु:ख थपिदिनुभयो! सुस्केरा मार्दा म थाकिसकें, म कतै पनि विश्राम पाउँदिनँ’।” परमप्रभु भन्नुहुन्छ, “तैंले त्यसलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले जे बनाएको छु, त्यो म भत्काउनेछु। देशभरि नै मैले जे रोपेको छु, त्यो म उखेल्नेछु।
यर्मिया 45:3-4 पवित्र बाइबल (NERV)
‘परमप्रभुले मेरो पीडा सहित मलाई दु:ख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिनँ।’ यर्मिया, बारूकलाई यो भने, परमप्रभुले यसो भन्नुहुन्छ ‘मैले बनाएको सबै कुरा भत्काईदिनेछु। अनि मैले जे रोपेको छु उखेल्नेछु। यहूदाको जताततै म त्यसो गर्ने छु।’
यर्मिया 45:3-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तैँले यसो भन्दै छस्, ‘हाय! परमप्रभुले मेरो कष्टमाथि विलाप थपिदिनुभयो। पीडाले कराउँदा-कराउँदा म थाकिसकें, मैले कतै पनि विश्राम पाउँदिनँ!’ “तर म परमप्रभुले जे आफूले बनाएको छु, त्यो भत्काइरहेछु र जे मैले रोपेको छु, त्यो उखेलिरहेको छु। सारा देशलाई म त्यसो गर्नेछु।