यर्मिया 43:1-2
यर्मिया 43:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियाद्वारा तिनीहरूलाई दिनुभएका सबै कुरा यर्मियाले तिनीहरूलाई भनिसके, तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र सबै हठी मानिसहरूले यर्मियालाई भने, “तिमीले झूट बोलिरहेका छौ! ‘तिमीहरू मिश्रदेशमा बसोबास गर्न जानैहुँदैन’ भनी भन्नलाई परमप्रभु हामीहरूका परमेश्वरले तिमीलाई पठाउनुभएको होइन।
यर्मिया 43:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु तिनीहरूका परमेश्वरले जति कुरा भन्न मलाई पठाउनुभएको थियो, ती मैले मानिसहरूलाई भनिसकें। तब होशयाहका छोरा अजर्याह र कारेहका छोरा योहानान र अरू सबै अहङ्कारी मानिसहरूले मलाई यसो भने, “तपाईंले झूटो कुरा भन्दै हुनुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई मिश्रमा बसोबास गर्न नजान भन्न तपाईंलाई पठाउनुभएको होइन।

यर्मिया 43:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब यर्मियाले मानिसहरूलाई याहवेह तिनीहरूका परमेश्वरले तिनीहरूलाई भन्नू भनेर पठाउनुभएको प्रत्येक कुराहरू तिनले भनिसिद्ध्याए, तब होशायाहका छोरा अजर्याह, कारेहका छोरा योहानान र सबै अहङ्कारी मानिसहरूले यर्मियालाई यसो भने, “तिमीले झूट बोलिरहेका छौ! याहवेह हाम्रा परमेश्वरले तिमीलाई ‘तिमीहरू इजिप्टमा बसोबास गर्नलाई जाँदै नजानू’ भनेर भन्न पठाउनुभएको होइन
यर्मिया 43:1-2 पवित्र बाइबल (NERV)
यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने। होशायाहको छोरो अजर्याह, कारेहको छोरो योहानान, अनि सबै अभिमानी मानिसहरू घमण्डी र हठ्ठी थिए। तिनीहरूले यर्मियालाई भने, “यर्मिया तिमी झूटो छौ! परमप्रभु हामीहरूका परमेश्वरले हामीलाई ‘तिमीहरू मिश्रमा बस्नु जानु भन्नु भनी तिमीलाई सुझाउ दिनु भएको छैन।’