YouVersion लोगो
खोज आइकन

यर्मिया 3:6-8

यर्मिया 3:6-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “अविश्‍वासी इस्राएलले के गर्‍यो, के तैंले देखेको छस्‌? त्‍यो गएर हरेक डाँड़ामा र हरेक झ्‍याम्‍म परेको रूखमुनि त्‍यसले व्‍यभिचार गरेकी छ। त्‍यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्‍छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्‍यो फर्किन, र त्‍यसकी विश्‍वासघाती बहिनीले त्‍यो देखी। त्‍यस अविश्‍वासी इस्राएलका सबै व्‍यभिचारको कारण मैले त्‍यसलाई त्‍यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्‍यसकी विश्‍वासघाती बहिनी यहूदा डराइन, तर गएर त्‍यसले पनि वेश्‍यावृत्ति गरी।

शेयर गर्नुहोस्
यर्मिया 3 पढ्नुहोस्

यर्मिया 3:6-8 पवित्र बाइबल (NERV)

योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि ऊ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई। मैले आफैंलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर ऊ मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बहिनी यहूदाले देखी। इस्राएल अविश्वासी थिए अनि तिनले चालपाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चालपाई कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं काम गर्नु लागि।

शेयर गर्नुहोस्
यर्मिया 3 पढ्नुहोस्