यर्मिया 23:21-22
यर्मिया 23:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी अगमवक्ताहरूलाई मैले पठाइनँ, तापनि तिनीहरू आफ्ना सन्देश लिएर कुदेर गए। तिनीहरूसित म बोलिनँ, तापनि तिनीहरूले अगमवाणी कहे। तर तिनीहरू मेरो सभामा बसेका भए तिनीहरूले मेरा प्रजालाई मेरो वचन घोषणा गर्नेथिए, र तिनीहरूलाई आफ्ना खराब चाल र खराब कामहरूदेखि फर्काउनेथिए।”
यर्मिया 23:21-22 पवित्र बाइबल (NERV)
मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। तर तिनीहरू भागेर गए। तिनीहरूसँग बोलेको छैन। तर तिनीहरूले अगमवाणी दिए। तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।”
यर्मिया 23:21-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले भन्नुभयो, “मैले यी अगमवक्ताहरूलाई पठाइनँ तर पनि तिनीहरू कुदेर गए। मैले तिनीहरूलाई केही वचन दिइनँ, तापनि तिनीहरूले मेरा नाममा भविष्यवाणी बोले। तर तिनीहरूले मेरा फैसला जानेका भए मेरा प्रजालाई मेरा वचन सुनाउनेथिए र तिनीहरूका दुष्ट चाल र खराब कामहरूबाट फर्काउनेथिए।