यर्मिया 18:18
यर्मिया 18:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले भने, “आऔं, हामीहरू यर्मियाको विरुद्धमा षड्यन्त्र रचौं, किनकि न त पूजाहारीले सिकाएको व्यवस्था नष्ट हुनेछ, न बुद्धिमान् पुरुषको सल्लाह, न अगमवक्ताबाट दिइएको वचन हराउनेछ। यसैले आऔं, हामीहरू कुराद्वारा त्यसलाई आक्रमण गरौं, र त्यसको कुनै पनि कुरामा ध्यान नदिऔं।”
यर्मिया 18:18 पवित्र बाइबल (NERV)
तब यर्मियाका शत्रुहरूले भने, “यर्मियाको विरूद्ध योजनाहरू तैयार गरौं। पूजाहारीले दिएको व्यवस्था अथवा ज्ञानीबाट पाइएको सल्लाह अथवा अगमवक्ताको सन्देश नाश हुनेछैन। यसकारण उसको बारेमा झूटा कुराहरू प्रचार गरौं ताकि ऊ नाश होस्। उसले भनेको कुराहरू प्रति ध्यान नदिऊँ।”
यर्मिया 18:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब मानिसहरूले भने, “आओ, यर्मियालाई चुप पार्न हामी केही गरौं। हामीलाई शिक्षा दिने पूजाहारी, सल्लाह दिने ज्ञानी पुरुष र परमेश्वरको सन्देश सुनाउने अगमवक्ताहरूको कहिल्यै कमी हुनेछैन। हामी उसको बदनाम गरौं र उसका कुरा नसुनौं।”