यर्मिया 10:12-13
यर्मिया 10:12-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरले नै पृथ्वीलाई आफ्नो सामर्थ्यले बनाउनुभयो। उहाँले आफ्नो बुद्धिले संसारलाई स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो। जब उहाँ गर्जनुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ। उहाँले पृथ्वीको पल्लो छेउदेखि बादल उठाउनुहुन्छ। उहाँले वृष्टिसँग बिजुली चम्काउनुहुन्छ, र आफ्ना भण्डारबाट बतास चलाउनुहुन्छ।
यर्मिया 10:12-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर परमेश्वरले पृथ्वी आफ्नो शक्तिद्वारा बनाउनुभयो; उहाँले संसारलाई आफ्नो बुद्धिले स्थापित गर्नुभयो; र उहाँले आकाशलाई आफ्नो समझशक्तिले फैलाउनुभयो। जब उहाँ बोल्नुहुन्छ, तब आकाशमा पानीको गर्जन हुन्छ; उहाँले बादललाई पृथ्वीको अन्तिम छेउबाट उठाउनुहुन्छ। उहाँले झरीसँग बिजुली पठाउनुहुन्छ; अनि हावालाई उहाँको भण्डारहरूबाट निकाल्नुहुन्छ।
यर्मिया 10:12-13 पवित्र बाइबल (NERV)
परमेश्वर नै हुनुहुन्छ, जसले पृथ्वीलाई आफ्नो शक्तिले सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नो ज्ञानले संसारलाई रच्नु भयो अनि उहाँले आफ्नो समझद्वारा आकाशलाई फैलाउनुभयो। उहाँको वचनको आवाजले आकाशमा पानी गर्जन्छ। पृथ्वीको अन्तबाट उहाँले बादल आउने बनाउनु हुन्छ। उहाँले बर्षा सित बिजुली ल्याउनु हुन्छ। उहाँले आफ्नो भण्डारबाट बतास ल्याउनु भयो।
यर्मिया 10:12-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले पृथ्वीलाई आफ्नै सामर्थ्यले बनाउनुभयो, उहाँले आफ्नो बुद्धिद्वारा संसार सृजनुभयो, आफ्नो समझ-शक्तिले आकाश फैलाउनुभयो। उहाँका आज्ञाले आकाशमा पानी गर्जन्छ, पृथ्वीको अन्तबाट उहाँले बादल ल्याउनुहुन्छ, उहाँले नै वर्षामा बिजुली चम्काउनुहुन्छ। उहाँले नै बतासको भण्डारबाट बतास चलाउनुहुन्छ।