YouVersion लोगो
खोज आइकन

यर्मिया 1:5-10

यर्मिया 1:5-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।” मैले भनें, “हे परमप्रभु परमेश्‍वर, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।” तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ। तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ। तब आफ्‍नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु। हेर्, उखेल्‍न र भत्‍काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्‍न म आज तँलाई जाति-जातिहरू र राज्‍य-राज्‍यहरूमाथि नियुक्त गर्दछु।”

शेयर गर्नुहोस्
यर्मिया 1 पढ्नुहोस्

यर्मिया 1:5-10 पवित्र बाइबल (NERV)

“मैले तिमीलाई तिम्रो आमाको गर्भमा, गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।” तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।” तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु। कसैसित नडराऊ! म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो। तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु। आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिँदैछु। तिनीहरूलाई उखेल्न, भत्काउन, नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”

शेयर गर्नुहोस्
यर्मिया 1 पढ्नुहोस्

यर्मिया 1:5-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“मैले तँलाई तेरी आमाको कोखमा सृष्‍टि गर्नुभन्दा अघि नै रोजेको थिएँ र तँ जन्‍मनुअघि नै जाति-जातिहरूलाई अगमवाणी सुनाउन अलग गरेको थिएँ।” मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।” तर परमप्रभुले मलाई भन्‍नुभयो, “म बालकै छु भनी नभन्‌ तर जुन मानिसहरूबीच म तँलाई पठाउँदछु, तिनीहरूकहाँ जा र म तँलाई जे आज्ञा गर्दछु, ती तिनीहरूलाई सुना। तिनीहरूसित नडरा किनभने म तेरो रक्षा गर्न तँसित हुनेछु। म परमप्रभु बोलेको छु!” त्‍यसपछि परमप्रभुले हात पसार्नुभएर मेरो ओठ छुनुभयो र मलाई भन्‍नुभयो, “सुन्, तैँले बोल्‍नुपर्ने वचन म तँलाई दिन्‍छु। आज म तँलाई जाति-जाति र राज्‍य-राज्‍यमाथि तिनीहरूलाई उखेल्‍ने, ढाल्‍ने, नाश गर्ने वा भताभुङ्ग पार्ने, बनाउने र स्‍थापित गर्ने अधिकार दिन्‍छु।”

शेयर गर्नुहोस्
यर्मिया 1 पढ्नुहोस्