YouVersion लोगो
खोज आइकन

याकूब 5:15-18

याकूब 5:15-18 पवित्र बाइबल (NERV)

विश्वाससित गरेको प्रार्थनाले विमारीमा निको पार्छ। परमप्रभुले उसलाई निको पार्नु हुन्छ। अनि यदि त्यो व्यक्तिले पाप गरेको भए परमेश्वरले उसलाई क्षमा प्रदान गर्नु हुनेछ। सधैँ तिमीहरू एक अर्कामा पाप स्वीकार गर। तब एक अर्काको निम्ति प्रार्थना गर। यसो गर, तब परमेश्वरले तिमीहरूलाई निको पार्नु हुन्छ। धार्मिक मानिसको प्रार्थना शाक्तिशाली र प्रभावशाली हुन्छ। एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन। तब एलियाले पानी परोस् भनी प्रार्थना गरे। अनि आकाशबाट पानी पर्यो अनि भूमिले फेरि फसल उमार्यो।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:15-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

र विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्‍यसलाई निको पार्नुहुनेछ, र यदि त्‍यसले पाप गरेको छ भने त्‍यसलाई क्षमा हुनेछ। यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ। एलिया पनि त हामीहरूको जस्‍तै स्‍वभाव भएका मानिस थिए। तिनले पानी नपरोस्‌ भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्‍म पृथ्‍वीमा पानी परेन। तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्‍जनी दियो।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:15-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि विश्‍वाससाथ गरिएको प्रार्थनाले त्यस बिरामीलाई निको पार्नेछ; र प्रभुले उसलाई उठाउनुहुनेछ। यदि उसले पाप गरेको छ भने उसले क्षमा पाउनेछ। यसकारण एक-अर्कामा तिमीहरूको पाप स्वीकार गर, र तिमीहरू निको हुनलाई एक-अर्काका निम्ति प्रार्थना गर। धर्मी मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। एलिया पनि हामीजस्तै मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरे। अनि देशमा साढे तीन वर्षसम्म पानी परेन। तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र पृथ्वीले आफ्ना अन्‍नहरू उब्जायो।

शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्

याकूब 5:15-18

याकूब 5:15-18 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्