याकूब 5:11
याकूब 5:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।
शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्याकूब 5:11 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूलाई थाहै छ, कि कष्ट सहनेहरूलाई हामी धन्यका ठान्छौं। तिमीहरूले अय्यूबको सहनशीलताको विषयमा सुनेका छौ, अनि प्रभुले अन्त्यमा तिनको निम्ति के गर्नुभयो, सो देखेका छौ। प्रभु करुणा र दयाले भरपूर हुनुहुन्छ।
शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्याकूब 5:11 पवित्र बाइबल (NERV)
हामी तिनीहरूलाई खुशी ठान्छौ जसले धैर्यपूर्वक अप्ठ्यारो परिस्थितिको सामना गरे। तिमीहरूले अय्यूबको धैर्यको बारेमा सुनेका छौ। तिमीहरूलाई थाहा छ, अय्यूबले सबै यातना सामना गरे पछि परमप्रभुले तिनलाई सहायता गर्नु भयो। यसले यो झल्काउँछ कि परमप्रभु दयामयी अनि कृपामयी हुनुहुन्छ।
शेयर गर्नुहोस्
याकूब 5 पढ्नुहोस्