YouVersion लोगो
खोज आइकन

याकूब 3:14-18

याकूब 3:14-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर यदि तिमीहरूका हृदयमा कटु ईर्ष्‍या र स्‍वार्थी अभिलाषा छन्‌ भने यी कुरामा अभिमान नगर, र सत्‍यतालाई झूटा नबनाओ। यो बुद्धि स्‍वर्गबाट आउने बुद्धि होइन। तर यो त सांसारिक, अनात्‍मिक र शैतानिक हो। किनकि जहाँ डाह र स्‍वार्थपूर्ण अभिलाषा हुन्‍छ, त्‍यहाँ भाँड़भैलो र हरेक किसिमको भ्रष्‍ट काम हुन्‍छ। तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ। शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:14-18 नेपाली समकालीन संस्करण (NCV)

तर यदि तिमीहरू आफ्ना हृदयमा तीतो डाह र स्वार्थपूर्ण अभिलाषा राख्छौ भने, बुद्धिको घमण्ड नगर अथवा सत्यतालाई इन्कार नगर। यस्तो “बुद्धि” स्वर्गबाट आएको होइन, तर यो ता सांसारिक र अनात्मिक हो, अर्थात् शैतानपट्टिबाटको हो। किनकि जहाँ तिमीहरूमा ईर्ष्या र स्वार्थपूर्ण अभिलाषाहरू छन्, त्यहाँ गडबडी र सबै किसिमका दुष्‍ट कामहरू पाइन्छन्। तर स्वर्गबाट आउने बुद्धिचाहिँ पहिले त शुद्ध हुन्छ, अनि शान्तिप्रिय, विचारशील, आज्ञाकारी, दया र असल फलले भरिएको पक्षपातरहित अनि निश्छल हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र धार्मिकताको कटनी गर्छन्।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:14-18 पवित्र बाइबल (NERV)

यदि तिमीहरू स्वार्थी छौ अनि तिम्रो ह्रदय ईर्ष्या पूर्ण छ भने तिमीले तिम्रो ज्ञान बारेमा गर्व गर्ने केही कारण नै छैन। तिम्रो गर्व गराई झूटो सिवाय केही पनि होइन। यस किसिमको “ज्ञान” माथिका परमेश्वरबाट आउँदैन। यो “ज्ञान” संसारबाट आउँछ। त्यो आध्यात्मिक होइन, त्यो शैतानबाट हो। जहाँ इर्ष्या अनि स्वार्थ छ त्यहाँ अव्यवस्थित अनि हरेक किसिमको दुष्टाँई हुन्छन्। तर ज्ञान जो माथिका परमेश्वरबाट आउँछ त्यो यस्तो हुन्छ प्रथम त्यो शुद्ध हुन्छ। त्यो शान्तिमय नम्र र तर्क सँगति हुन्छ। यो ज्ञान सर्वदा जो मानिसहरू समस्यामा छन् तिनीहरूलाई सहायता गर्न सधैँ तत्पर रहन्छ अनि अन्य मानिसहरूको लागि उपकार गर्ने हुन्छ। यो ज्ञान सदैव निष्पक्ष अनि इमान्दार हुन्छ। मानिसहरू जो शान्तिको निम्ति शान्तिसाथ कार्य गर्छन् तिनीहरूले धार्मिकताको फसल बटुल्छन्।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:14-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर यदि तिमीहरूका मनमा तीतोपना, आरिस र स्‍वार्थ छ भने आफ्‍नो बुद्धिको घमण्‍ड गरेर सत्‍यको विरुद्धमा पाप नगर। यस्‍तो बुद्धि माथि परमेश्‍वरबाट आएको होइन, यो त यहीं तल उब्‍जेको संसारकै अनि शैतानको बुद्धि हो। जहाँ आरिस र स्‍वार्थ छ, त्‍यहाँ सबै किसिमका गोलमाल र सबै किसिमका दुष्‍ट कुराहरू हुन्‍छन्। तर माथिबाट आएको बुद्धि त चोखो, शान्‍ति दिने, सोझो र मिलनसार हुन्‍छ। यस्‍तो बुद्धि दया नै दयाले भरिएको हुन्‍छ अनि असल कामको फल फलाउँछ। यो पक्षपाती र कपटी हुँदैन। शान्‍ति ल्‍याउनेले मेलमिलापको काम गरेर धार्मिकताको फल फलाउँछ।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्