YouVersion लोगो
खोज आइकन

याकूब 3:1-5

याकूब 3:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूमध्ये धेरै जना शिक्षक नहोओ; किनकि हामी सिकाउनेहरूको न्याय झन् कडाइकासाथ गरिनेछ। हामी धेरै प्रकारले ठक्‍कर खान्छौँ। यदि कसैले आफूले बोलेका कुराहरूमा कहिल्यै भूल गर्दैन भने ऊ आफ्नो सम्पूर्ण शरीरलाई वशमा राख्न सक्ने सिद्ध मानिस हुन्छ। जब घोडाहरूले हाम्रो आज्ञा मानून् भनेर तिनीहरूका मुखमा लगाम लगाउँछौँ, तब हामीले त्यसका सम्पूर्ण शरीरलाई काबूमा राख्न सक्छौँ। अथवा उदाहरणको लागि जहाजलाई लिऔँ—तिनीहरू यति ठूला र तेज बतासद्वारा चल्नेभए तापनि नाविकले एउटा सानो पतवारको सहारा लिएर जहाजलाई आफ्नो इच्छाअनुसार जता मन लाग्छ, त्यतैतिर लैजान्छ। त्यस्तै किसिमले हाम्रो जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तर यसले धेरै घमण्ड गर्छ। आगोको सानो झिल्काले ठूलो जङ्गल नै डढेलो लगाउँछ भनी विचार गर।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:1-5 पवित्र बाइबल (NERV)

मेरा भाइ अनि बहिनीहरू, तिमीहरूमध्ये धेरै शिक्षक हुनु हुँदैन। किनभने तिमीहरू जान्दछौ कि हामी जसले शिक्षा दिन्छौं अन्य मानिसहरू भन्दा कठिन प्रकारले जाँच गरिनेछौं। हामी सबैले अनेकौ गल्तीहरू गर्छौं। यदि कसैले कहिल्यै पनि कुवचन बोलेनौं भने त्यो पक्का मानिस बन्नेछ। ऊ आफ्ना सम्पूर्ण सरीरलाई नियन्त्रणमा राख्न समर्थ हुनेछन्। घोडालाई नियन्त्रणमा राख्न, हामी लगाम लगाइदिन्छौ। घोडाहरूका मुखमा लगाइएको लगामले हामी तिनीहरूको सम्मूर्ण शरिलाई अधीनमा राख्न सक्छौ। जहाजहरू पनि यस्तै हुन्छन्। जहाज अत्यन्त विशाल हुन्छ अनि यसलाई शक्तिशाली वायुले धकेल्छ। तर सानो पतवारले विशाल जहाजलाई नियन्त्रण गर्छ। अनि नाविकले जहाज कता जानुपर्नेहो निर्णय गर्छ। हाम्रो जिब्रो पनि यस्तै हो। यो शरीरको एक सुक्ष्म अङ्ग हो। तर यसले महान कुराको गर्व गर्छ। एउटा सानो फिलुंगोले वन सखाप पार्न सक्छ।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मेरा भाइहरू, तिमीहरूमा धेरै जना शिक्षा दिनेहरू बन्‍न नखोज किनभने शिक्षा दिनेलाई अरूलाई भन्दा कडासँग न्‍याय हुन्‍छ भनी तिमीहरूलाई थाहै छ। हामी सबैले धेरै भुल गर्दछौं। तर आफूले भनेका कुरामा गल्‍ती नै नगर्नेचाहिँ साँच्‍चै सिद्ध मानिस हो। त्‍यस्‍ता मानिसले नै आफूलाई वशमा राख्‍न सक्‍छ। आफूले भनेको मानोस् भनेर घोडालाई लगाम लगाइदिन्‍छौं अनि जता मन लाग्‍यो, उतै हामी लैजान सक्‍छौं। त्‍यसै गरी ठूलो जहाज पनि कडा बतासको वेगले गइरहेको भए पनि यसलाई साना कर्णधारले फनक्‍कै फर्काउन सक्‍छ। जहाज चालकले आफूले भनेतिर यसलाई फर्काउन सक्‍छ। जिब्रो पनि यस्‍तै हो। यो यति सानो भएर पनि ठूला-ठूला कुराको घमण्‍ड गर्न सक्‍छ। सानोभन्दा सानो झिल्‍काले पनि ठूलोभन्दा ठूलो जङ्गलै डढेलो लाउन सक्‍छ।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्

याकूब 3:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

भाइ हो, तिमीहरूमध्‍ये धेरै जना शिक्षक नहोओ। किनकि तिमीहरू जान्‍दछौ, हामी शिक्षा दिनेहरूको न्‍याय अझ कठोर रूपले हुनेछ। किनकि हामी सबै धेरै भूल गर्दछौं। जुन मानिसले आफूले बोल्‍ने कुरामा भूल गर्दैन, त्‍यसले आफ्‍ना सारा शरीरमा पनि लगाम लगाउन सक्‍छ, र त्‍यो सिद्ध मानिस हुन्‍छ। यदि घोडाहरूलाई वशमा राख्‍नलाई तिनीहरूका मुखमा लगाम लगायौं भने तिनीहरूका सारा शरीरलाई जता मन पर्‍यो त्‍यतै लान सक्‍छौं। हेर त, जहाजहरू जो तेज हावाले चल्‍दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्‍नो इच्‍छाअनुसार जता मन पर्‍यो त्‍यतै लान्‍छ। त्‍यस्‍तै जिब्रो पनि एउटा सानो अङ्ग भएर ठूला-ठूला कुराको अभिमान गर्दछ। हेर, एउटा सानो आगोको झिल्‍काले ठूलो वन पनि स्‍वाहा पार्दछ।

शेयर गर्नुहोस्
याकूब 3 पढ्नुहोस्